मुख्य समाचार

अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ट ट्रम्प विजयी

एजेन्सी, कार्तिक २४, २०७३ । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ट ट्रम्प विजयी ! चुनावी सर्वेक्षणलाई गलत सावित गर्दै अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड जोन ट्रम्प विजयी भएका छन् । बुधबार भएको अन्तिम परिणामअनुसार डोनाल्ड  ट्रम्पले २७६ मत मत  डेमोक्रेटिक उम्मेदवार हिलारी रोदम क्लिन्टनलाई हराउँदै ट्रम्प विजयी भएका हुन् ।

हिलारी क्लिन्टनले भने २१८ मत ल्याएकी छन् । ५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० मत आवश्यक हुन्छ । अमेरिकी राष्ट्रपति निर्वाचनमा मतगणनाको कार्य जारी छ । ट्रम्पको जितसँगै हजारौं समर्थकले खुशीयाली मनाइरहेका छन् ।

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!