खेलकुदमुख्य समाचार

मेसीको नाममा अर्को कीर्तिमान

 एजेन्सी, ४ कार्तिक । लिओनल मेसीले च्याम्पियन्स लिगको खेलमा आफ्नो घरेलु मैदान नोउ क्याम्पमा ५० गोल पुरा गर्ने नयाँ कीर्तिमान बनाएका छन्। उनी च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा ५० गोल पुरा गर्ने बार्सिलोनाका पहिलो खेलाडी हुन्।

 आफ्नो पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको टोलीविरुद्ध लियोनेल मेस्सीले ह्याट्रिक गरेपछि १० खेलाडीमा सिमित बनेको म्यान्चेस्टर सिटीमाथि बार्सिलोनाले ४–० को जित हासिल गरेको छ ।

म्यानचेस्टर सिटीविरूद्ध बुधबार राती बार्सिलोनाको घरेलु नाउ क्याम्प मैदानमा मेसीले ह्याट्रिक गोल गरेका थिए। मेसीको इङ्लिस प्रतिद्धन्द्धीविरूद्ध पछिल्लो १३ खेलमा यो १५ औं गोल थियो।

मेसीले यो सिजन आफूले खेलेको पछिल्लो ८ खेलमा १० गोल गरिसकेका छन्। उनले च्याम्पियन्स लिगको २ खेलमा दुवै पल्ट ह्याट्रिक पनि गरेका छन्।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!