धर्म-सस्कृति

भगवान श्रीकृष्ण र द्रौपदीमा भएका समानताहरु

भगवान श्रीकृष्ण र द्रौपदीमा भएका समानताहरु ! भगवान श्रीकृष्ण हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुको १० मुख्य अवतारहरूमध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ ।

द्रौपदी हिन्दू धर्मको प्रमुख धर्मग्रन्थ महाभारतकी मुख्य पात्र हुन् । पाञ्चाल राज्यका राजा द्रुपदकी छोरी भएको हुनाले द्रौपदीलाई पाञ्चाली पनि भनिन्थ्यो । पान्डु पुत्र ५ भाइ पाण्डवहरूसँग उनको विवाह् भएको थियो । द्रौपदीको वास्तविक नाम कृष्णा थियो । द्रौपदीलाई हिन्दू धर्ममा पञ्चकन्याको रुपमा गणना गरिएको छ । भगवान श्रीकृष्ण र द्रौपदीमा केहि समानताहरु थिए जुन निम्न अनुसार छन् ।

१. गन्ध

एक प्रचलित विश्वास यो छ कि भगवान श्री कृष्णको शरीरबाट यस्तो प्रकारको गन्ध आउँथ्यो कि जसबाट मानिसहरु मन्त्रमुग्ध हुन्थे । त्यस्तै गन्ध द्रौपदीबाट पनि आउने गर्दथे । कृष्णको गन्ध र रातकी रानी फुलको गन्ध उस्तै थियो ।

२. शरीर

भगवान श्री कृष्णको शरीर यति कोमल थियो कि महिलाहरु समान । पौराणिक कथन अनुसार युद्धको समयमा उनको शरीर कठोर बन्दै गएको थियो । यहि शारीरिक विशेषता द्रौपदीमा पनि थियो ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

के भगवान श्रीकृष्णका साच्चै १६,००० पत्नी थिए त ? यस्तो छ रहस्य

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

श्रीकृष्ण र गीता धर्म

गीतामा भगवान् कृष्णको वाणी

के हो श्रीमद्भगवद गीता ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!