धर्म-सस्कृति

के भगवान श्रीकृष्णका साच्चै १६,००० पत्नी थिए त ? यस्तो छ रहस्य

भगवान श्रीकृष्ण हिन्दू धर्मशास्त्रका अनुसार भगवान विष्णुको १० मुख्य अवतारहरूमध्यको एक अवतार मानिन्छन् । भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकोले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ ।

पौराणिक कथाहरूका अनुसार एक दिन देवराज इन्द्रले भगवान् श्रीकृष्णलाई प्राग्ज्योतिषपुरका दैत्यराज भौमासुरको अत्याचारका बारेमा अवगत गराए । इन्द्रको प्रार्थना स्वीकार गरेर श्रीकृष्ण आफ्नी प्यारी पटरानी सत्यभामाका साथ गरुडमा सवार भएर प्राग्ज्योतिषपुर पुगे । त्यहाँ पुगेर भगवानले मुर दैत्यको वध गर्नुभयो ।

मुर दैत्यको वध भएको खबर पाएपछि भौमासुर आफ्ना सेनापति तथा दैत्यहरूको सेनालाई साथ लिएर युद्ध गर्न आयो । भौमासुरलाई स्त्रीको हातबाट मर्ने श्राप थियो । त्यसैले भगवानले सत्यभामालाई सारथी बनाउनुभयो र घोर युद्धपछि अन्त्यमा उहाँले सत्यभामाको सहयोगमा उसको वध गरिदिनुभयो।

यसरी भौमासुरलाई श्रीकृष्णले मारेपछि उसको पुत्र भगदत्तलाई अभयदान दिएर उसलाई प्राग्ज्योतिषको राजा बनाउनुभयो। भौमासुरले अपहरण गरेर राखेका १६,००० कन्यालाई उहाँले मुक्त गरिदिनुभयो । ती अपहृत नारीहरूलाई तत्कालीन समाजले स्वीकार नगर्ने भएकाले श्रीकृष्णले उनीहरूलाई पत्नी रूपमा स्वीकार गर्नुभयो । यसरी उहाँका ८ पटरानीका अलावा १६ हजार पत्नी भए ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

जीवनमा सफल र सुखी बनाउन भगवान श्रीकृष्णका १० प्रेरक बचनहरू

यस्तो छ सवैले एकपटक पढ्नैपर्ने गीताको सार

गीतामा भगवान् कृष्णको वाणी

संसारलाई नै मोहित पार्ने भगवान श्रीकृष्णका १६ कलाहरु

श्रीकृष्णको वर्ण किन निलो थियो ?

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!