आयुर्वेद

औषधि भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हामी जब विरामी हुन्छौं तब हामीलाई औषधिको आवश्यक हुन सक्छ । औषधि भन्ने वितिकै एलोपैथिक दवाईलाई पनि औषधि भन्ने चलन छ । एलोपैथिक औषधि नभएर दवाईको रूपमा पर्दछ । औषधिको परिभाषा कुनै पनि औषधि सेवन गर्दा रोगलाई नदवाई निको बनाउने र अर्को रोगको उत्पति नगराउने बस्तुलाई औषधि भनिएको छ ।

आजको आधुनिक युगमा मानिसले औषधिको रूपमा दवाइको सेवन गरेको हामीले पाएका छौ । कतिपय आयुर्वेदिक औषधि पनि दवाईको रूपमा प्रयोग भएको देखिन्छ । मेरो अभिप्राय केहो भने विशुद्ध हर्ब जसलाई हामी तुरुन्त उखेलेर प्रयोगमा ल्याउछौं त्यसलाई औषधिको श्रेणी अन्तर्गत राखेका छौ ।

पचासौं प्रकारका हर्ब मिश्रण गरेर उत्पादन गरेका आयुर्वेदिक औषधिलाई पनि आजकाल औषधिको रूपमा मानेको देखिन्छ । यस्ता औषधि उत्पादन गर्दा सवै हर्ब मिलाएर बनाउने औषधिले काम गर्दैन भन्न खोजेको होइन तर सिंगल रेमिडि जस्तो उपयोगी अरू हुन नसक्ने केहिको दावी छ । उदाहरणको रूपमा हामीले निमलाई लिन सक्छौं ।

निमलाई मिलाएर बनाएका थुप्रै औषधिहरू बजारमा आएका छन् । यस्ता औषधिको प्रयोग लामो समय सेवन गराउदा यसका अन्य साइड इफेक्ट हुन सक्ने खतरा देखिन सक्छ जस्तै लिङ्गमा उत्येजना नहुनु, कमजोर हुनु जस्ता समस्या देखिन सक्छ । सिङ्गल आयुर्वेदिक हर्बबाट बनेका होम्योपैथीक औषधि छन् जसको साहेताबाट उपचार गराउदा चमत्कारीक फाइदा हुने गरेको हामीले पाएका छौ ।

औषधि निर्माण गर्दा एकल औषधि र मिश्रण गरेर औषधि निर्माण गराउदा एकल औषधि भन्दा मिश्रण गरेर बनाएका औषधिले राम्रो फाइदा हुन सक्छ भन्ने मानसिकतामा हामी छौं । सवै औषधि मेल र सवै औषधि फिमेल हुदैनन् । कुनै २ औषधि आपसमा मिलाउदा भिन्न खालको प्रतिक्रिया देखाउन सक्ने खतरा भएको हुन सक्छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा औषधिमा अनुसन्धान गरेर उत्पादन नगरेको तर औषधिले भने रोगमा अनुसन्धान गरेको देखियो । मेरो अभिप्राय यो होकी यस्ले हानी गर्न सक्छ वा सक्दैन भन्ने कुरा जानेर गरेको जस्तोसुकै काम सफल हुन सक्छ । अशोकको बोक्राबाट बनेको अशोकारिष्टमा अन्य हर्ब मिलाएर बनाइन्छ भने यो गलत हुन सक्छ किनकि सिंगल अशोक नै प्रयाप्त छ ।

आज बजारमा आयका सवै औषधिले काम गरेको छ वा छैन भन्ने कुरा डाक्टरले लेखेको औषधिमा भरपर्छ । यहाँ दोषी औषधि निर्माता कम्पनी होइन डाक्टर देखिन्छ । एलोपैथिक औषधिको बिषयमा भन्नुपर्दा यसको प्रयोगबाट के कस्तो फाइदा बेफाइदाबारे पुर्ब नै सचेत गराएको हुन्छ भने आयुर्वेद औषधिमा लेखिएको हुदैन यसको ठोस कारण हो अनुसन्धानको कमि ।

मानव स्वास्थ्यमा प्रयोग हुने जस्तोसुकै औषधि किन नहोस् हचुवाको भरमा बनाउने परिपाटीलाई सुधार गर्दै सकेसम्म मेल र फिमेल छुट्याएर औषधि बनाउन सकेमा यसले रोगलाई जरैदेखि फाल्ने विश्वास लिएको छ । हुनत यस्ता हर्बको साइड इफेक्ट नहुनाले पनि यसतर्फ कसैको ध्यान नपुगेको हुन सक्छ ।

धतुराको औषधि निर्माण गर्दा कालोको भन्दा सेतो फुल्ने खालको औषधि गुणस्तर बढी हुन सक्छ भनेको छ । भारत सरकारले कुनै पनि व्यक्ति १० बर्षसम्म एउटै काममा दक्ष छ भने उसलाई त्यस विषयको उपाधी दिएको हुन्छ । हाम्रो देशको सन्दर्भमा यस्को ठिक उल्टो परिपाटी छ । यसको फाइदा नेपालले उठाउन सकेको छैन । आज अनुभवीको कुनै कदर नहुनाले गर्दा दिनप्रति दिन थुप्रै घटना बढेको देखिन्छ यसको ठोस कारण भनेकै काममा दक्षता नुहुनुलाई मान्न सकिन्छ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

औषधीको रुपमा पाँचऔँलेको प्रयोग

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

औषधीको रुपमा वंशलोचनको प्रयोग

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!