विज्ञान जिज्ञासा

सूर्यास्तका समयमा किन भुलेर पनि सुत्नुहुदैन ? यस्तो छ वैज्ञानिक कारण

Gopal Bhandari
गोपाल भण्डारी

सूर्यास्तका समयमा भुलेर पनि किन सुत्नुहुदैन ? यस्तो छ वैज्ञानिक कारण ! हिन्दू धर्ममा कुनै पनि काम गर्नका लागि समयको निकै महत्व मानिने गरिन्छ । त्यसैले कुनै शुभ काम गर्नुअघि मुहूर्त देखाउने गरिन्छ । हरेक काम उचित समयमा गर्दा त्यसको राम्रो परिणाम मिल्ने धार्मिक विश्वास छ । समयसँग जोडिएको यस्तो एक प्राचीन मान्यता छ की सूर्यास्तका समयमा कहिल्यै पनि सुत्नुहुदैन । हामी तपाईलाई यसका बारेमा जानकारी दिदैछौँ ।

धार्मिक मान्यताका अनुसार सूर्यास्तका समयमा सुत्दा घरमा बिरामी दरिद्रता आउने गर्दछ । यस समय भगवानको आराधना र आरती आदि गर्नु निकै उत्तम मानिन्छ । शास्त्रमा भनिएको छ, यदी तपाई बिरामी हुनुहुन्न वा कोही आवश्यक कारण नभए सूर्यास्तका समयमा नसुत्नुहोस् । यस समयमा सुत्ने व्यक्ति बिरामी र सुस्त हुने गर्दछन् ।

वैज्ञानिक धारणाका अनुसार जुन व्यक्ति सूर्यास्तका समयमा सुत्ने गर्दछन् उनलाई अनिद्राको रोग हुने संभावना अधिक हुने गर्दछ । वेलुकीको समयमा सुत्दा राति निद्रा राम्रोसँग लाग्दैन्। त्यसैले रातभर मानिसको निद्रा खलबल हुने गर्दछ । जसका कारण कमजोरी महशुस हुने, पाचन तन्त्रसँग जोडिएका समस्या, टाउको दुख्ने, चक्कर आउने जस्ता समस्या हुन सक्छन् । त्यसैले सूर्यास्तका समयमा कहिल्यै नसुत्नुहोला ।

Like & Follow us on Facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!