राजनीति

समयलाई चिन नसक्नु दुर्भाग्य

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

समय गजबको रहेछ । हामीले समयलाई चिन्न सकेको अवस्था छैन् । हिजो राजसंस्थाको पालामा राजाले आफ्नो दुनो सोझाए भन्नेहरूको कमी छैन, यसलाई पनि हामीले समय नै मान्नुपर्छ । आज समयले जनताका छोराछोरीहरुले देश हाकिरहेका छन् । दु:ख र पिडा थेग्ने त जनताले हो भन्ने कुरा यही समयले देखाउदैछ ।

आज जनताका छोराले समयलाई चिन्न छोडेको त होइन भन्ने कुरा वर्तमान समयले देखाउदैछ । हिजो जंग्गबहादुरले राज गरे उनको समय समाप्त भएकाले उनको ठाउँमा अर्का राजाले गद्धी समाले । उनको पनि पालो समयले विदा दिएकाले जनताका छोराले समयको फाइदा उठाउदैछन् तर कहिलेसम्म ?

यो पनि पढ्नुहोस्

समय र यसको महत्व

देश कसैको पेवा होइन ?

देश कता गई रहेको छ ?

परिवर्तन कुन चराको नाम हो ?

मेरो देश नेपालले कहिले काचुली फेर्ला ?

के यस्तो राजनीतिक अवस्थाले देश बन्न सक्ला ?

सत्ता हुनेहरुमा व्यक्तिगत स्वार्थको पराकाष्ठा

नेपाली धर्म संस्कृति, राजनीति र समाज कता गई रहेको छ ?

समयको फाइदा उठाउन नसक्ने त जनता रहेछन् । दिनभरि घाममा उभिएर भोट हाले समयले साथ दिन्छ की भनेर तर समलाई फाइदा उठाउने क्यास गर्ने काम भोट थाप्नेले पो उठाएको रहेछ । आखिर कहिलेसम्म यो सिलसिला चल्ला एक दिन यसको पनि समय तोकिनेछ ।

आज हामी खुसी छौं रमाएका छौं तर समयलाई फर्के र हेर्न सकेका छैनौ । आज मैले मेरो उमेर कति भनेर हेरेको त ५७ बर्ष पार भइएछ । यती लामो समय गएको थाहै भएनछ । समय तपाईं हामीको गएको छ । आजका युवा दिन प्रतिदिन बुढा हुदैछन् बुढा ढल्दैछन् यो चर्खा हो चल्दै रहनेछ ।

Like & Follow us on Facebook

समयलाई सामन्यतया एकदेखि अर्को घटनाको अन्तरका रूपमा परिभाषित गर्न सकिन्छ । यसलाई विभिन्न युगबाट विभिन्न उपाय अपनाई नाप्ने गरेको पाइन्छ । कुनै घटना घटेर बिती सकेपछि घटनाको उल्लेख गर्ने बेलादेखि घटना घटेको बेलासम्मको बीचको अन्तराललाई हामी समयले नै नाप्ने गर्छौं । यसैलाई समय चक्र भन्दछन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!