सूचना प्रविधि

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

मोबाइल फोन पानीमा भिजेर वा डुबेर हैरान हुन भएको छ ? मोबाइल भिजेका कारण कहिलेकाही मोबाइल फोन अन नै नहुने समस्या समेत हुने गरेको छ । अझ पानी पर्ने समयमा जोगाउन खोज्दा खोज्दै मोबाइल पानीमा भिज्ने सम्भावना हुन्छ । आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिग्रिएला भन्ने डर सबैलाई हुन्छ । बर्षाद समय शुरु भई सकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाहीँ सावधानी अपनाउँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ । ता कि मोबाइल फोनमा पानीले असर नपरोस् । स्मार्टफोन भिजिहाल्यो भने यसरी स्याहार गर्नुपर्छ । मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस् ।

यो पनि पढ्नुहोस्

पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

आइटी. पार्क र यसको अवस्था अन्योल

विद्युतीय शासन।ई-गभर्नेन्स (E-Governance) भनेको के हो ?

विद्युतीय गाउँ/ई-भिलेज (E-Village) भनेको के हो  ?

स्मार्ट स्कूल (Smart School) भनेको के हो ?

अनलाइन कारोवार (OnlineTtransaction) भनेको के हो ?

मोबाइल फोन पानीमा भिजेमा के गर्ने ?

१. तत्कालै मोबाइल स्विच अफ गर्नुस्

मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकै तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलार्य सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्नुहोस् ।

२. ब्याट्रीको स्टिकर जाँच गर्नुस्

तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जुन सेतो रंगको हुन्छ । जब तपाइँको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाइँले बिक्रेताबाट वारेन्टी बापतको सुविधा पाउनुहुन्छ ।

३. विस्तारै फोन पुछ्नुहोस्

तपाइँको भिजेको स्मार्टफोन विस्तारै नरम कपडाले पुछ्नुहोस् । सम्भव भएमा सानो भ्याकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोसिस गर्नुहोस् । तर भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुस् ।

Like & Follow us on Facebook

४. चामलभित्र घुसाउनुहोस्

मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्ने भाँडोमा राख्नुपर्छ । त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस् । चामलले मोबाइल भित्रकेा पानी सोस्दछ ।

५. चौबिस घण्टा कुर्नुहोस

मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुपर्छ । तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ । मोबाइलको भित्री भाग, पोर्ट, ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस् । ब्याट्री राखेर मोबाइल रिस्टार्ट गर्नुहोस् । रिस्टार्ट भएन भने नजिकैको मोबाइल मर्मत केेन्द्रमा लगि हाल्नुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!