खानपानस्वास्थ्य

पानीको कमिले शरीरमा देखिने समस्याहरु

सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन। यो सर्वव्यापि घोलक हो । यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ । पानी हाम्रो शरीरमा चाहिने अत्यावश्यक पदार्थ हो । करिब ७० प्रतिशत मानव शरीर पानीबाट नै बनेको हुन्छ । स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्न आवश्यक छ ।

पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ । सबै प्राणीलाई पानी आवश्यक छ । मानिसहरू शरीरको आवश्यकता अनुसार पानी पिउँछन् । बढ्दो विश्व जनसङ्ख्यासँगै यो प्राकृतिक सम्पदाको अभाव हुन थालेको छ र यसको आपुर्ति एक ठूलो सामाजिक र आर्थिक मुद्दा हुन पुगेको छ । पानीको कमिले शरीरमा देखिने समस्याहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

पानी यसरी पिउनुहोस्

पानी किन र कति पिउने ?

तातो पानी पिउने कि चिसो ?

कागती पानी पिउनुका फाइदाहारू

पानीबाट रोगहरुको उपचार चिकित्सा विधि

जान्नुहोस् ! पानी कति पिउने र कसरी पिउने ? 

१. मिर्गौैलामा समस्या

शरीरमा पानीको कमीले मिर्गौलामा समस्या देखिने गर्छ । रगतमा युरिया र क्रिएटिनाइनको मात्रा बढ्ने भएकाले त्यसले मिर्गौलामा असर पु९याउँछ । पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैन । फलस्वरूप मिर्गौला कमजोर हुन्छ ।

२. टाउको दुख्ने

टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन त्यसका कारण शरीरमा पानी कम भएर हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

३. धेरै थकान महसुस हुने

जब तपाईं आफूलाई चाहिने जति पानी पिउनुहुन्न, तब शरीरको पूरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईंलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

४. चाउरीपन र छाला सुक्खा

शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने तथा चाउरी पर्ने समस्या हुन्छन् । त्यस्तै, मौसमविपरीत ओठ फुट्ने, सुक्खा हुने, चमक हराउने र रुखोपन आउने गर्छ ।

५. जोर्नी र मांसपेशीमा समस्या

पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ । पानीको मात्रा कम हुँदा यी दुवैमा पीडा हुन्छ । त्यस्तै, पिँडौला दुख्ने, बाउँडिने जस्ता समस्या समेत देखा पर्छ ।

Like & Follow us on Facebook

६. पाचन सम्बन्धी समस्या

पानीको कमी हुँदा क्याल्सियम र म्याग्नेसियमको पनि कमी हुन्छ । अनि, पाचनसम्बन्धी समस्या आउँछ । पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने आदि समस्या देखिन्छ ।

७. रक्तचापमा कमी

पानीको कमीका कारण एक्कासि शरीरमा रक्तचाप घट्ने हुन्छ । ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्ने, बान्ता आउने जस्ता समस्या देखा पर्छन् ।

८. एक्कासि मुड परिवर्तन

एक्कासि रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्ने भएमा पानीको कमी भएछ भन्ने बुझ्नुपर्छ । डिहाइड्रेसन हुँदा मानसिक असर पर्ने भएकाले यो अवस्थामा छिटो मुड परिवर्तन हुने गर्छ ।

९. लोसनले पनि काम नगर्नु

छाला सुख्खा हुँदा यसमा छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थको कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनुपर्छ । यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईंको छाला सुख्खा हुन्छ र फुट्छ भने पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमक/सौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

१०. शरीरको वजन बढ्नु

तपाईं पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाईं पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् र यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

११. झर्किने र झन्किने

तपाईं जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि मानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइ हाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।

१२. मांसपेशी बाउँडिने

विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ । डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ । पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले खासगरी गर्मीमा र व्यायामका बेला पर्याप्त पानी पिउन अत्यन्त महत्वपूर्ण छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!