सूचना प्रविधि

मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ?

वर्षातको मौसम शुरु भई सकेको छ । यस्तो बेलामा तपाईको मोबाइल फोन लगायतका अन्य ग्याजेट पानीमा भिज्न सक्छ । पानीले भिजेपछि ति ग्याजेट कामै नलाग्ने बन्न सक्छन । त्यसैले,यस्ता बस्तु हरुलाई पानीबाट जोगाउन समयमै साबधानी अपनाउनुपर्ने हुन्छ । झुक्किएर पनि पानी पसिहालेको खण्डमा, महँगो मोबाइल फोनलाई त्यत्तिकै खेर फाल्नु पनि सकिदैन । यस्तो अवस्थामा निम्न उपाय अपनाउन सकिन्छ। सुरक्षाका विभिन्न उपाय अपनाउँदा पनि मोबाइल फोनमा पानी पसिहाल्यो भने पनि चिन्तित भैहाल्नु पर्दैन । मोबाइल फोन पानीले भिजेमा के गर्ने र के नगर्ने ? भन्ने कुराहरु निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

मोबाइल फोन पानीमा भिजेमा यी उपायहरु अपनाउनुस्

पानीमा खस्दा वा डुब्दा मोबाइल किन बिग्रिन्छ ?

मोबाइल एक्कासी बन्द भएमा मोबाइल प्रयोगकर्ताले जान्नैपर्ने ४ कुराहरु

मोबाइलको ब्याट्रीको चार्ज धेरै समयसम्म टिकाउन अपनाउँनुस् यी उपायहरु

मोबाइलमा ब्याट्रीको चार्ज नटिकेर हैरान हुनुहुन्छ अपनाउँनुस् यी उपायहरु

नयाँ स्मार्टफोन किन्दा ध्यान दिनुपर्ने कुराहरु

पानीले भिजेमा के गर्ने ?

१. फोन भिजेको बेलामा अन छ अफ नगर्नुहोस वा अफ छ भने अन नगर्नुहोस्।

२. मोबाइल जोगाउन प्रयोग गरिएको खोल निकाल्नुहोस् साथै मेमोरी कार्ड तथा सिमकार्ड पनि फोन बाहिर झिक्नुहोस । मोबाइलबाट ब्याट्री पनि झिक्नुहोस ।

३. भिजेको मोबाइललाई सुख्खा कपडाले पुछ्नुहोस्, याद राख्नुहोस् यसो गर्दा मोबाइलमा पानी फैलन दिनुहुँदैन । फोनको पानी कपडाले सोसेजति सोस्न दिनुहोस् ।

४. पानी राम्रोसँग पुछेपछि त्यसलाई चामल राखिएको भाँडोमा करिब ८/९ घण्टा राख्नुपर्छ। फोनलाई चामलभित्र राख्दा फोनभित्रको पानी चामलले सोस्छ, तर यसो गर्दा चामलको भुस फोनभित्र पसेर फोन बिग्रने सम्भावना हुनसक्छ ।

५. मोबाइल फोनलाई तुरुन्तै अन गर्नु हुँदैन । नसुक्दासम्म त्यसलाई अन नगर्नु नै राम्रो हुन्छ ।

पानीले भिजेमा के नगर्ने ?

१. फोन अन गर्ने गल्ती नगर्नुहोस । त्यसैगरी फोनका कुनै पनि बटन नथिच्नुहोस । पानी निस्कन्छ भनेर फोनलाई हल्लाउने गल्ती पनि नगर्नुहोस । पानी सुकाउन फोनमा फुक्ने काम गर्दा पानी थप फिँजिन सक्छ । त्यसैले यो गल्ती पनि नगर्नुहोस् र फोनलाई आगोको छेउमा राखेर तताउने कार्य पनि नगर्नुहोस ।

२. मोबाइल फोन पानीमा भिजेपछि अधिकांश मानिसहरुले फोनलाई घाममा सुकाउने गर्छन तर त्यसो गर्न हुँदैन । यदि घाममै राख्न चाहनुहुन्छ भनेपनि कुनै कपडाले छोपेर राख्नु उपयुक्त हुन्छ । फोनमा घामको सिधा असर पर्न दिनु हुँदैन । ब्याट्रीलाई पनि सीधै घाममा राख्नु ।

३. कसै-कसैले मोबाइल फोन सुकाउन हेयर ड्रायर प्रयोग गर्छन्, तर यो उपाय कुनै पनि हालतमा प्रयोग गर्नु हुँदैन । फोनमा धेरै हल्का र नाजुक खालका कम्पोनेन्टहरु प्रयोग गरिएको हुन्छ । ती कम्पोनेन्ट गर्मी आगो वा ड्रायरको तिब्र गतिको हावाका कारण खराब हुन सक्छन् । फलस्वरूप फोनमा थप समस्या सिर्जना हुन सक्छ।

Like & Follow us on Facebook

४. मोबाइल फोन सुकेपछि पनि तुरुन्तै प्रयोगमा ल्याउनु हुँदैन। केही समय त्यत्तिकै राख्नुपर्छ र यसलाई चार्जमा पनि राख्नु हुँदैन । ब्याट्री अझै पनि भिजेको हुन सक्छ,जसका कारण सर्ट सर्किट हुन सक्छ । सर्ट सर्किट भएमा ब्याट्री पड्किने वा आगो लाग्ने संभावना हुन्छ । त्यसैले कमसेकम २र३ घण्टापश्चात् मात्र फोन प्रयोग गर्नु राम्रो हुन्छ।

५. यसपछि पनि मोबाइल फोन अन भएन भने कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा लैजानुस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!