खानपान

दुधसँग यी चीजहरु कहिले पनि नखानुहोस्

दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो । दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले तपाईको मष्तिष्कलाइ निकै फाइदा गर्छ । तर यदि दुधको प्रयोग गर्दा केही करामा ध्यान दिन सकिएन भने दुधले फाइदा भन्दा बेफाइदा गर्ने सम्भावना बढी रहन्छ । सुत्नुभन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ । दुधसँग यी चीज कहिले पनि नखानुहोस् ।

यो पनि पढनुहोस्

गाईको दुध र यसको उपयोगिता

होशियार दुधसँग कहिल्यै पनि नखानुहोस् यी खानेकुराहरु

बैज्ञानिक अनुसन्धानका अनुसार दुध नपिउँनुका फाइदाहरु के के हुन् ?

दुध नपिउँदा पनि फाइदा हुने

१. दुध र कालो दाल

हामीले प्राय: दुध खानासँग प्रयोग गर्ने गर्छौ । तर, यदि खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध नपिउनु राम्रो हुन्छ । यसले स्वास्थ्यलाई फाइदा गर्दैन ।

२. दुध र दही

दुधका साथै दही कहिल्यै पनि पिउनु हुन्न । दही र दुधसँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ ।

३. दुधसँग र मूला, जामुन, माछा

दुधको साथमा मूला, जामुन, माछा जस्ता पदार्थ पनि लिन हुँदैन । यी चीज दुधसँग प्रयोग गर्दा यसले झन् नकारात्मक असर पर्छ । यसले पनि छालामा समस्या देखिन सक्छ ।

Like & Follow us on Facebook

४. दुधसँग नुन र करेला

दुधसँग नुन र करेला खानु पनि फाइदाजनक हुँदैन । यसले स्वास्थ्यलाई नकारात्मक असर गर्छ ।

५. दुध र तिल

दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ ।

६. दुध र कागती

दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!