जीवनशैली

भएको छ परिवर्तन

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हाम्रो पालामा महिला र पुरुषको कपडा लगाउने तरिका धेरै अन्तर देखिन्थ्यो तर अहिले धेरै फरक छ । के यो परिवर्तन भएन र ? पहिला केटाहरू हाप पैण्ट लगाएर हिड्ने गर्दथे अहिले केटीहरू हाप पैण्ट लगाएर हिड्ने गर्दछन् । परिवर्तन धेरै भएको छ । देश सुहाउदो भेष हुनुपर्ने थियो तर पश्चिमाहरूको नक्कल बढ्दैछ । हामीले बोल्ने भाषामा पनि धेरै परिवर्तन भएको छ । नेपाली बोल्नेहरू प्राय कम देखिन थालेका छन् । हाम्रो भाषामा अंग्रेजी मिसाएर बोल्ने प्रचलन दैनिक बढ्दैछ ।

यो पनि पढ्नुहोस्

खै नेपालीको अन्तर्राष्ट्रिय पहिचान ?

चलिआएका परम्परा नमासौं

धर्म संस्कृति किन आवश्यक छ ?

धर्म संस्कृति र यसको महत्व

धर्मको आस्था जगाउ र बलियो बनाउँ

हिन्दू धर्म संस्कृतिमा सबैको कल्याण

धर्मको रक्षा गर्नु सबैको नैतिक दायित्व

उत्तर सिरानी गरेर सुत्नु नहुने पौराणिक मान्यता

अर्कोतर्फ नेपाली उत्पादनले आफ्नो स्थान ओगट्न सफल छैन सवै छिमेकीले पुरा गरेको देखिन्छ । अहिले नेपालमा उत्पादन औषधि कम्पनिहरूले विदेशी औषधि उत्पादन लाई उछन्नदै अघि बढ्दैछन् यसलाई हामीले परिवर्तन मान्नुपर्छ । हरेक कुरामा हामी अघि बढ्न सफल त छौं तर नक्कलमा मात्र । जबसम्म हामीले आफ्नो बिचारलाई प्रयोगमा ल्याउन सक्दैनौं तबसम्म हामीले केही गर्न सक्ने छैनौं । नेपाली भाषा लोप हुन थालेको छ, यसतर्फ सबैको ध्यान जान आवश्यक छ । अमेरिकन सोचलाई मान्नुपर्छ उसले भनेको छ पहिले विश्वमा भाषाले राज गर्नेछु । यो सोच साकार हुदैछ ।

आज धर्म संस्कृति समेत लोपोन्मुख हुदै विदेशी धर्म संस्कृति अगाल्दै नेपाली हिड्न थालेका छन् के यो परिवर्तन भएन र ? नेपालमा विदेशी सामानले बजार ओगटेको देखिन थालेको छ । आलुदेखि नुनसम्म विदेशीले पुर्याएको हेर्दा नेपाली कतिसम्म परनिर्भरमा रहेछन् भन्ने कुरा देखाएको छ । नक्कल गर्ने बानीको अन्त कहिले होला यो सोचमा मात्र सिमित छ । हरेक नेपालीले केहि गर्न नपरे हुने थियो अरूले दुख्ख मेहनतलाई कसरी छिन्न सकिन्छ भन्ने कुराको विकास नेपालमा देखिन थालेको छ यो पनि परिवर्तन कै रूपमा मान्दा खासै फरक छैन ।

Like & Follow us on Facebook

लुटेर खाने समुह सक्रिय छ यो सवै नक्कलको प्रतिफल हो भन्दा खासै फरक छैन । हिजो आफ्नो पाखुरामा भरपर्नेहरू आज अरूको पसिनालाई कसरी क्यास गराउन सकिन्छ भन्ने कुरा मात्र गरेको सुनिन थालेको छ के यो परिवर्तन होइन त ? हिजो नेपालमा उद्योग थिए शिक्षित युवाले जागिर खाएकै थिए भने नपढेकाले लेबर काम भएपनि पाएका थिए तर आज सवै विदेशीले पुराएका छन् युवा सवै विदेशतिर पलायन भएकै छन् यो पनि एउटा परिवर्तन नै हो भन्दा फरक नपर्ने देखिन्छ । सवै मक्ख छन् केहि गर्न पाए हुने थियो होइन धेरै कमाउन पाए हुने थियो भन्ने एक प्रकारको भावनाको विकास भएको छ, यो पनि एउटा परिवर्तन नै हो भन्दा खासै फरक पर्दैन ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!