घरेलु उपचारहेल्थ टिप्स

महिलाको जुँगा आएको हटाउने घरेलु उपचार

प्रायजसो दारी जुँगा पुरुष मानिसको आउने गर्छ तर कतिपय महिलाको पनि माथिल्लो औठमा जुंगाको रेखी जस्तो देखिने कालो जुंगाको रेखा देखिन्छ । यी रौं पुरुषको जस्तो ठूलो नभए पनि महिला अनुहारमा अस्वभाविक देखिन्छ । महिलाको शरिरमा पुरुष हर्मन एन्ड्रोजन बढी भयो भने यो समस्या देखिन्छ । यो हर्मनले ओठ लगायत महिलाका शरिरभर रौं पलाउछ । एशियाली र अफ्रिकी मुलका महिलामा यस्तो समस्या बढी देखिन्छ । त्यस्तै वंशानुगत समस्याका कारण पनि महिलामा बढीमा मात्रामा रौं पलाउछ । कुनै निश्चित औषधीको अशर र पोलिसाइटिक ओभरी सिन्ड्रोम (पीओएस) ले पनि केही महिलाको अनुहारमा रौं पलाउछ । महिलाको ओठमा आएको रौं हटाउने घरेलु उपचार निम्न अनुसार छन् ।

यो पनि पढ्नुहोस्

महिलाको शरीरमा अनावश्यक रौँ आउने कारणहरु

महिलाको अनुहारमा दाह्री जुँगा किन आउदैन ?

शरीरमा अनावश्यक रौँ हटाउने तरिका

चिसो पानीले नुहाउँदा हुने फाइदाहरु

जुत्तामा मोजा लगाउँदा खुट्टा गन्हाउँने हटाउने उपायहरु

जान्नुहोस् ! तरकारीमा भएको चर्को नुन घटाउने अचुक उपायहरु

जाडोमा हिटर ताप्दा ध्यान दिनुपर्ने आवश्यक कुराहरु

१. दुध र बेसार

दुध र बेसारको प्याकले ओठको अनावश्यक रौ हटाउन सकिन्छ । एक चिया चम्चा दुधमा एक चिया चम्चा बेसारलाई मिसाएर बनाएको पेस्टलाई रौ आएको ठाँउमा दलेर आधा घन्टापछि चिसो पानीले पखाल्दा लामो समय रौं पलाउदैन ।

२. पानी र बेसार

दुधको सट्टा पानी नै पनि प्रयोग गर्न सकिन्छ । यो उपाय निकै प्रभावकारी हुन्छ । दुई चम्चा बेसारलाई दुई चम्चा पानीमा मिसाएर बनाएको पेस्टलाई राम्रोसँग मिसाएर माथिल्लो ओठमा दल्दा यसले अप्रत्यासित परिणाम दिन्छ । पेस्टलाई करिब ३० मिनेटसम्म ओठमा राखेर बिस्तारै घोट्नुपर्छ । आधा घन्टापछि बिस्तारै चिसो पानीले पखाल्नुपर्छ ।

Like & Follow us on Facebook

३. अन्डाको सेतो भाग

अन्डाको सेतो भाग दलेर पनि रौं हटाउन सकिन्छ । अन्डामा प्रोटिनको मात्रा बढी हुन्छ जसले छालालाई धेरै फाइदा गर्छ । एक चम्चा सेतो अन्डालाई एक चम्चा चिनी र एक चम्चा गहुको पिठोमा मिसाएर बनाएको पेस्टलाई माथिल्लो ओठमा लगाएर आधा घन्टपछि सो पेस्ट उक्काउदा लामो समयसम्म रौं आउदैन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!