विज्ञान

फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल कार्यक्रम के हो  ?

हाम्रा धेरै युवा बैज्ञानिकहरु विदेश पलायान भई राखेको परिप्रेक्ष्यमा भर्खरै मन्त्रालय र नास्टले बिदेशमा कार्यरत वा विदेशवाट स्वदेश फर्केको १ बर्ष अवधि ननाघेका बैज्ञानिकहरुको लागि “फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल” कार्यक्रम संचालनमा ल्याएको थियो । नेपालबाट विगत केही वर्षदेखि चिकित्साशास्त्र, इन्जिनियरिङ्ग, कृषि, वन विज्ञान लगायत विज्ञान तथा प्रविधिका विविध विषयहरूमा उच्च शिक्षा अध्ययनका क्रममा विदेशिने विद्यार्थीहरुको संख्या वृद्धि हुदै गई रहेकाले त्यस्ता प्रतिभाहरुलाई स्वदेशभित्र उपयुक्त अवसरको प्रत्याभूति गर्न, उच्च शिक्षा समाप्तिपछि विदेशमा नै पलायन हुने प्रवृत्तिलाई निरुत्साहित गरी उनीहरूले प्राप्त गरेको ज्ञान स्वदेशको विकास निर्माणमा उपयोग गर्नुपर्ने तथ्यलाई मनन गर्दै, उनीहरूलाई अनुसन्धानका आधारभूत सुविधा उपलब्ध गराउने तथा स्वदेश फर्काउने वातावरणको सिर्जना गर्नुपर्ने आवश्यकता देखिएकोले नेपाल सरकार, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको कार्यक्रमलाई फर्क है फर्क बैज्ञानिक, तिमीलाई डाक्छ नेपाल भनिन्छ ।

यो कार्यक्रम एकदमै सहानीय भएतापनि नेपालमै सहरी लगायत दूरदराज र ग्रामीण क्षेत्रमा लुकेर रहेका बिज्ञान क्षेत्रका सिर्जनसिल प्रतिभाहरुले हेलिकप्टर, गाडी, ड्रोन र मिसाईल बनाएका छन् । तर बिगतका सरकार, नास्ट र अन्य सरोकारवाला निकायले केहि सहयोग नगरेकोले विदेश पलायन हुने धारणा राखेका थिए। उनीहरुले पनि गरेको बैज्ञानिक अध्ययन अनुसन्धान र आविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्न मन्त्रालयले पनि केहि नयाँ योजनाहरु ल्याएमा प्राविधिकहरु तथा बैज्ञानिकहरु विदेश पलायन हुने क्रम केहि काँ हुने देखिन्छ । जुनसुकै क्षेत्रका प्रतिभाहरुलाई उचित सम्मान र काम गर्ने वातावरण सिर्जना गर्ने कर्तव्य सरकार र सम्वन्धित निकायको हो । सवभन्दा धेरै बिज्ञान तथा प्रबिधि क्षेत्रमा गरेका नयाँ-नयाँ प्रविधिको अध्ययन-अनुसन्धान र आविष्कारहरु जस्ता राष्ट्रको सम्पतिलाई अघि बढाउन मन्त्रालय नयाँ कार्यक्रम तर्जु गरेर अघि बढ्नुपर्छ । साच्चै प्रतिभा छन् भने तिनीहरुलाई राष्ट्रभरीवाट खोजि-खोजी ल्याईनुपर्छ र प्रोत्साहन स्वरूप सहयोग पनि गरिनुपर्छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!