आयुर्वेदघरेलु उपचार

कपाल झर्ने समस्याको घरेलु उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

के तपाई कपाल झर्ने समस्यावाट हैरान हुनुहुन्छ, यसरी गर्नुहोस घरेलु उपचार ! प्रकृतिले यस्ता अनेकौं औषधि हामीलाई दिएको छ जसको उपयोग हामीले गर्न सकि रहेका छैनौं । आजकाल पुरुषमा कपाल झर्ने समस्या निकै देखिने गरेको छ । यसको प्रमुख कारण हो एस्ट्रोजेनेटिक एलोपिकालाई मानिएको छ । पुरूषमा हर्मोन असन्तुलन हुँदा टाउको बाल झर्ने गर्छ । यो समस्या आजकाल धेरै पुरूषहरूमा देखिन थालेको छ । यसको ठोस कारण पत्ता नलागेपनि हामीले यहाँ केहि कारणबारे चर्चा गर्नेछौं । एस्ट्रोजेनेटिक एलोपिका पुरुषमा हेयरफलको एक मात्र कारण होइन। यी विभिन्न कारणले कपाल झर्ने गर्छ ।

कपाल झर्ने कारणहरु

१. यदि परिवारमा कसैको कपाल झर्ने गरेको छ भने सोको कारण पनि तपाइईको कपाल झर्न सक्दछ । यसलाई हामी वंशाणुगत गुण भन्ने गर्छौं ।

२. डाइटमा सही मात्रामा पोषण तत्व नहुँदा शरिरमा आइरन, भिटामिन ए, प्रोटिन, जिङ्क, क्याल्सियम जस्ता पौष्टिक तत्वको कमी हुन थाल्छ । जसको कारण कपाल झर्ने समस्या निम्तिन्छ ।

३. चुरोटमा हुने निकोटिनको कारण शरीरमा अक्सिजन लेभल कम हुन्छ । यसले शरिरको अंगहरुको साथ कपाललाई पनि असर पुर्याउँछ ।

४. बढी रक्सी पिउँदा शरिरमा टक्सिक पदार्थ बढ्न थाल्छ । आइरन, जिङ्क, पानीमा कमी हुन्छ । फलत: कपाल झर्छ ।

५. कपाल झर्नुमा अर्को प्रमुख कारण हो चिन्ता । चिन्ताले शरिरको हर्मोनको सन्तुलन बिग्रन्छ । साथै शरिरको शक्ति अनावश्यक रुपमा नष्ट हुन्छ ।

६. टाउकोको छालामा समस्या छ भने पनि कपाल झर्न सक्छ । चाँया निकै छ भने कपाल झर्ने समस्या निम्तिन सक्छ ।

७. ब्लड प्रेशर, डिप्रेसन, मुटु रोग आदिको निदानको लागि प्रयोग गरिने औषधीको साइडइफेक्टको कारण पनि कपाल झर्ने गर्छ ।

घरेलु उपचार

१. शिरमा जहाँ जहाँ कपाल कम छ दैनिक बराबर मात्रामा प्याज र कागतीको रस लगाउनुस् । रस लगाएको आधा घण्टा पछि टाउको पखाल्नुस् ।

२. कपालको जरामा हरियो धनियाँको रस लगाउनुस् । १५ मिनेट पनि पखाल्नुस् । यसले कपाल बाक्लो आउँछ अनि चमक पनि बढ्छ ।

३. शुद्ध तोरीको तेलमा हेहदिको पात २०० ग्राम जति जलाउनु होस र तेललाई कपड छान गरि सिसिमा राख्नुहोस् यो तेल नित्य लगाउनाले सवै बाल उम्रन थाल्दछ ।

Like & Follow us on Facebook

यो पनि पढ्नुहोस्

मानव स्वास्थ्यको लागि घिउकुमारीको प्रयोग

औषधीको रुपमा निमको बोक्रा र पातको प्रयोग

औषधिको रुपमा बेलपत्रको प्रयोग

होम्योपैथीक औषधि थुजाबारे मेरो अनुभव

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!