स्वास्थ्य

गर्भवती र रक्तचाप

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

गर्भवती महिलामा रक्तचाप (Blood Pressure) भएमा आमा र बच्चा दुबैलाई खतरा हुन सक्छ । कतिपय महिलाहरुलाई पहिले देखिनै ब्लड प्रेशर भएको हुन सक्छ । गर्भअवस्थामा ब्लड प्रेशर (Blood Pressure) नियन्त्रणमा राख्नु दुबैको लागी सुरक्षित हुन्छ । गर्भ अवस्थामा बढ्ने गरेको ब्लड प्रेशर (Blood Pressure) ले बढी रगत बग्ने, बच्चाको तौल कम हुने जस्ता समस्या निम्त्याउने सक्ने खतरा देखिन्छ । कतिपय अवस्थामा बच्चा र आमाको ज्यान जोखिममा पर्न सक्छ ।

अहिले अधिकांश गर्भवती महिलाहरूमा उच्च रक्तचापको समस्या देखिएको छ । तीमध्ये पहिल्यै देखि उच्च रक्तचाप भइरहेको हुन्छ । भने धेरै जसोमा गर्भ रहेको २० औं हप्तापछि देखिने गरेको पाइन्छ । गर्भवस्थाको सुरुको तेस्रो महिनासम्म ब्लड प्रेशर कम देखिएपनि पाँच छ महिनापछि क्रमश: बढ्दै जान थाल्दछ । रक्तचाप दिनमा २ पटक चेक गरेर यकिन गर्नुपर्छ । आजकाल १४०/९० या यो भन्दा बढी देखिएमा ब्लड प्रेशर (Blood Pressure ) बढेको हुनसक्छ ।

यो पनि पढ्नुहोस्

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

बच्चामा देखिने खराबी

१. जन्मने बेलामा बच्चाको तौल कम हुने ।
२. समय नपुग्दै जन्मने या जन्माउनु पर्ने ।
३. कमतौलको जन्मदा सक्रमणको खतरा बढि देखिने ।

आमामा देखिने खराबी

१. रक्तचाप अत्यधिक बढ्ने
२. बेहोस हुने र काम्ने
३. पक्षघात हुने
४. कलेजो तथा मिर्गौला खराब हुने
५) अत्यधिक रक्त स्राव हुने

Like & Follow us on Facebook

माथिको कुनैपनि समस्याबाट बच्न हरेक गर्भवती महिलाले डाक्टरसंग चेकजाँच गरिरहेको हुनुपर्छ । गर्भवती महिलाले ब्लड प्रेशर (Blood Pressure ) समएमा नियन्त्रण गर्न सके आमा र बच्चा दुवैलाई राम्रो हुने कुरा नियमित चेकजाँचले बताउने भएकाले यो कुरा बिर्सनु हुदैन । सामान्य व्यक्ति सरह कुनै पनि ब्लड प्रेशरको औषधि गर्भवती महिलाले डाक्टरको प्रामर्श विना सेवन गर्नु हुदैन यदि गरेमा जोखिम निम्तन सक्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!