स्वास्थ्य

ॐ को अर्थ

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ॐ यस्तो शब्द हो जसको कुनै न कुनै रुपमा सबै धर्म सम्प्रदायहरुमा प्रयोग भएको छ । अनेक सम्प्रदायहरुमा यस शब्दलाई अवतार पुरुषहरुले उच्च सम्मान दिएका छन् । ॐकार शब्द नभएर चिन्ह हो । स्वस्तिक र ॐकारलाई एक अर्काको पर्यायवाची पवित्र चिन्ह मानिन्छ ।

बौद्ध धर्मको विद्यासदाक्षरी मन्त्र ओम् मणि पद्मे हुं लगायत अन्य अनेक महत्वपूर्ण मन्त्रहरुमा यसको प्रयोग गरिन्छ । अ, उ, र म लाई पूर्ण शक्ति लगाएर अलग अलग उच्चारण गर्दा नाभि, छाति र सिरमा अलग अलग अनुकम्पन अनुभव गर्न सकिन्छ । तीनवटैको समवेत स्वरलाई नादब्रह्म भनिन्छ ।

यो मात्र एक यस्तो अनौठो शब्द हो जसलाई उच्चारण गर्दा जिब्रो चलाउनु पर्दैन ।वर्ण र शब्द मायाका संज्ञा हुन् । तिनीहरु लक्ष्यको लागि मायामा छन् । तापनि अधिष्ठान स्वरुप मायातीत छन् । नाम नहुने यस्तो एक नै परब्रह्म एकाक्षर ॐ हो । नम्रता साथ जसको स्तुति गरिन्छ जसले अथवा भक्तद्वारा जसको उत्तमता साथ स्तुति गरिन्छ त्यो प्रणव हो । यो ॐ नै हो ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

के हो ॐ० शब्दको अर्थ ?

ॐ० शब्द उच्चारण गरी प्राणायाम गर्दा स्वास्थ्यमा पुग्ने फाइदाहरु

ॐ० उच्चारण र सृष्टिको अनुकम्पनको सम्वन्ध

ॐ० उच्चारणले कुन-कुन रोगहरु निको हुन्छ ?

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!