स्वास्थ्य

रक्तचाप (Blood Pressure) भनेको के हो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

रक्तचाप (Blood Pressure) भनेको के हो ? मानव शरीरको सवै भन्दा महत्वपूर्ण अंग मुटु हो । छातीभित्र धड्कने यो सानो अङ्गले समस्त शरिरमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसलाई सामान्य भाषामा मुटुको धड्कन भन्दछन् ।

हाम्रो शरीरका सम्पुर्ण अंगहरूमा रक्तसंचार पुर्याउन मुटुले निरन्तर पम्पको काम गरिरहेको हुन्छ । मुटु खुम्चदा शरीरका विभिन्न अंगहरूमा शुद्ध रगत पुराउने काम गर्दछ भने फुक्दा शरीरका विभिन्न अंगहरूबाट अशुद्ध रगत जम्मा हुने गर्दछ ।

यो पनि पढ्नुहोस्

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

उच्च रक्तचापमा खान नहुने खानेकुराहरु

रक्तचापवाट कसरी बच्ने ?

रक्तचाप र यसका श्रेणीहरु

यस्ता छन् जानौ उच्च रक्तचापका कारणहरू

चिकित्सकीय भाषामा मुटु खुम्चने प्रक्रियालाई सिस्टोलिक (Systolic) र फुक्ने प्रक्रियालाई डास्टोलिक (Diastolic) भन्दछन् । रक्तनली मार्फत रक्तसंचार हुँदा उत्पन्न हुने विशेष खालको दवाबलाई नै रक्तचाप (Blood Pressure) भन्दछन् ।

मुटु खुम्चदा मुटुबाट वेगसाथ निक्लेको रगत (Blood) ले रक्तनलीमा दिएको चापलाई सिस्टोलिक (Systolic) रक्तचाप र मुटु एकचोटि धड्की सकेपछी फुकेको अवस्थाको चापलाई डायस्टोलिक (Diastolic) रक्तचाप भन्दछन् ।

Like & Follow us on Facebook

स्वस्थ व्यक्तिको रक्तचाप औसतमा १२०/८० मि.मि.हुन्छ । यसरी लेख्ने क्रममा माथिको अंकलाई सिस्टोलिक रक्तचाप (Blood Pressure) र तलको अङ्कलाई डायस्टोलिक रक्तचाप (Blood Pressure) भन्दछन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!