राष्ट्रिय समाचार

विज्ञान तथा प्रविधि मन्त्रालयमा बजेटको कमी हुनेछैन

चैत ३, २०७३, काठमाडौँ  विज्ञान तथा प्रविधि मन्त्रालयमा बजेटको कमी हुनेछैन। विज्ञान तथा प्रविधि मन्त्री प्रेमबहादुर सिंहले  विज्ञान तथा प्रविधि मन्त्रालयमा बजेटको कमी नहुने तर विज्ञान तथा प्रविधि क्षेत्रमा दिगो नीतिगत कार्यक्रम अभाव भएको बताउनु भएको छ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिले आज  राजधानीमा आयोजना गरेको ‘विज्ञान संग्रहालयको विकास र प्रवद्र्धन’ विषयक वैज्ञानिक अवधारणा प्रवद्र्धन कार्यक्रममा मन्त्री सिंहले यस्तो कुरा बताउनु भएको हो। देशलाई फाइदा हुने दीर्घकालीन योजना भए बजेट अभाव हुन नदिने उहाँको भनाइ थियो ।

मन्त्री सिंहले विज्ञहरूले व्यक्तिगत रूपमा विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्न उपयुक्त सुझाब दिए त्यसलाई सहर्ष स्वीकार गरी काम गर्ने बताउनु भयो । उक्त कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजित प्रसाद महतोले अहिलेको बजेटले पनि विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण काम गर्न सकिने कुरा बताउदै बिगतमा नीतिगत रूपमा धेरै काम भएतापनि आगामी दिनमा विज्ञान प्रविधि क्षेत्रमा देखिने गरी काम गरिने कुरा राख्नु भयो ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी तथा विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक आनन्द बहादुर चन्दले आगामी दिनमा भौतिक विज्ञान संग्रहालय मात्र नभई संस्कृत संग्रहालय बनाउनुपर्ने विचार व्यक्त गर्नु भयो । अहिले उक्त संग्रहालयलाई नेपाल सरकारले वार्षिक ४ चार करोड रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । यो संग्रहालयका लागि प्राप्त बजेट विनियोजन भएमा २०७५ वैशाखभित्र सञ्चालनमा ल्याईने र युवालाई विज्ञान तथा प्रविधि क्षेत्रमा रुचि जगाउने गरी काम गरिने बताउनुभयो।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!