राष्ट्रिय समाचार

इन्द्र बानियाँद्वारा गृहराज्यमन्त्रीको पदभार ग्रहण

३० फागुन, काठमाडौं । इन्द्र बानियाँद्वारा गृहराज्यमन्त्रीको पदभार ग्रहण ! सोमबार गृहराज्यमन्त्री नियुक्त हुनु भएका इन्द्र बानियाँले  साँझ करीव साँढे पाँच बजे सिंहदबारस्थित आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नु भएको हो । यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री  बानियाँले पहिल्यै राज्यमन्त्रीको सपथ लिइ सक्नुभएको थियो ।  यसैवीच गृहमन्त्रीको आतंकवाद प्रतिवाद सम्वन्धी बैठकको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नुहुनेछ ।

कार्यवाहक गृहमन्त्रीको पदभार ग्रहण गर्दै  बानियाँले लोकतन्त्र बलियो बनाउन शान्ति सुब्यवस्था कायम गराएर निर्वाचन गर्नु बर्तमान सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै स्थानीय निर्वाचन हुने कुरामा शंका नगर्न आग्रह गर्नु भएको छ । त्यस्तै निर्वाचनको लागि सवै सुरक्षा ब्यवस्था मिलाउनुका साथै तराईको शान्ति–सुरक्षाको सवालमा कार्ययोजना बनाएर अगाडी बढ्ने जानकारी दिनुभयो ।

मकवानपुर जिल्लादेखि देशभरि नै लोकप्रिय रहेका बानियाँ कांग्रेस वृत्तभित्र राम्रो प्रभाव रहने नेताका रूपमा चिनिनुहुन्छ । नेपाली काँग्रेस मकवानपुरका सभापति बानियाँ मकवानपुरमा काँग्रेसको सान बढाएको र लाल किल्लाको रुपमा चिनिने मकवानपुरमा नेपाली काँग्रेसबाट उहाँ संबिधानसभाको चुनावमा विजय हुनु भएको हो । उहाँ मकवानपुर उद्योग वाणिज्य संघ र मकवानपुर निर्माण व्यवसायी संघको सल्लाहकार, उद्योगपति तथा समाजसेवी हुनुहुन्छ ।

नेपाल विद्यार्थी संघले १००० अनाथ विद्यार्थी (वालवालीका)को शिक्षाका लागि स्थापना गरेको अक्षय कोषमा बानियाँले पाँच लाख रुपैयाँ सहयोग गर्नु भएको छ । उहाँ पर्यटन राज्यमन्त्री हुँदा आफ्नो मन्त्रालयको बजेट रकमान्तर गरी मकवानपुरको नयाँ मन्दिर, गुम्बा, चर्च, पार्क, पर्यटकिय क्षेत्र विकास लगायतका शिषकमा १ करोड ३१ लाख रुपैँया बजेट बिनियोजन गराउनु भएको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!