मुख्य समाचार

गृहराज्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त

३० फागुन, काठमाडौं । गृहराज्यमन्त्रीमा इन्द्र बानियाँ नियुक्त ! नेपाल सरकारको गृहराज्यमन्त्रीमा इन्द्र बानियाँले जिम्मेवारी पाउनु भएको छ। उहाँ यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । पर्यटन मन्त्रालयको जिम्मेवारी कांग्रेसबाट राप्रपामा सरेपछि बानियाँलाई गृहराज्यमन्त्री बनाइएको हो । सो मन्त्रालयमा राप्रपाका दिलनाथ गिरी मन्त्री भएर आएको र राज्यमन्त्रीमा सोही पार्टीका परशुराम तामाङ राज्यमन्त्री भएर आएपछि बानियाँलाई गृह राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो ।

भारत भ्रमणमा जानुपूर्व आज बिहान उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर बानियाँलाई गृहराज्यमन्त्रीको जिम्मेवारी दिन प्रस्ताव गर्नुभएको थियो । सोही पस्ताव अनुरुप नै प्रधानमन्त्री दाहालले बानियाँलाई गृहराज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । गृहराज्यमन्त्री बानियाँ मकवानपुर क्षेत्र नं. १ का सांसद हुनुहुन्छ । यसैवीच गृहमन्त्रीको तीन दिने भारत भ्रमणका क्रममा बानियाँले कार्यवाहक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!