राष्ट्रिय समाचार

आर्थिक प्रलोभनका कारण हत्या : गृह राज्यमन्त्री बानियाँ

जाजरकोट, चैत २१, २०७३। गृहराज्यमन्त्री इन्द्र बानियाँले चैत १५ गते बेलुका विभत्सरुपमा हत्या गरिएका रवीन्द्र शाहको हत्या राजनीतिक नभई आर्थिक प्रलोभन र आपराधिक मानसिकताका कारण भएको बताउनु भएको छ । जाजरकोट सदरमुकाममा आज नेपाल प्रेस युनियनले गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभयो । अहिले उक्त घटनाको अनुसन्धानमा अपराध अनुसन्धान ब्युरो, विभिन्न प्रविधि प्रयोग भएका कारण हत्याराको पहिचान भइसकेको उहाँले बताउनुभयो । अप्ठ्यारो ठाउँमा नै बढी आपराधिक घटना हुने गरेको भन्दै माओवादीको युद्ध पनि अप्ठ्यारो ठाउँबाट भएको उहाँले उनले बताउनुभयो ।

जिल्लाका एनजिओ सुरक्षाका कारण देखाउँदै गाउँ जान अस्वीकार गरिरहेका बेला निर्धक्क भएर गाउँमा काम गर्न आग्रह गर्दै सरकारले शान्ति सुरक्षाको पाटो मजबुत बनाएको दाबी गर्नुभयो । जिल्लामा ६  जना प्रहरी निरीक्षकको दरबन्दी भएकोमा अहिले १ जना मात्रले काम चलाएको पाइएकाले तुरुन्तै दरबन्दी अनुसारको सुरक्षाकर्मी पठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, नेपाली काँग्रेस जाजरकोट क्षेत्र नं १ का सभापति महेन्द्र शाहले हत्या भएका रवीन्द्र शाहलाई सरकारले सहिद घोषणा गर्न माग गर्नुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!