राष्ट्रिय समाचार

वनमन्त्री शङ्कर भण्डारी र जर्मनीका वातावरण मन्त्री डा. बार्बरा ह्यान्ड्रिक्स वीच भेटवार्ता

काठमाडौं, चैत २१, २०७३ । वनमन्त्री शङ्कर भण्डारी र जर्मनीका वातावरण मन्त्री डा. बार्बरा ह्यान्ड्रिक्स वीच भेटवार्ता । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी र जर्मनीका वातावरण, प्रकृति संरक्षण, भवन एवम् आणविक सुरक्षा मन्त्री डा. बार्बरा ह्यान्ड्रिक्स वीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले उहाँलाई स्वागत गर्दै विशेषगरी वन, जैविक विविधता एवम् जलवायु परिवर्तन अनुकूलन लगायतका क्षेत्रमा आपसी सहकार्य बढाउन महत्वपुर्ण सावित हुन गएको बताउनु भयो ।

वन तथा भू–संरक्षण मन्त्रालयको प्रमुख कार्य क्षेत्रमा वन, बनस्पति, जैविक विविधताको संरक्षण एवम् दिगो व्यवस्थापन गरी नेपालको सम्बृद्धिमा योगदान पुर्याउनु आदि पर्दछन। उक्त भेटमा मन्त्री भण्डारीले रेडप्लस हिमालया, जडीबुटी एवम् सुगन्धित वनस्पतिको बजार प्रवद्र्धनसम्बन्धी परियोजनाको कार्यान्वयनमा जर्मन सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

भेटमा स्थानीय तहमा वन क्षेत्रमा काम गर्ने निकायको वन सम्पदा जस्ता प्राकृतिक स्रोत साधनको दिगो व्यवस्थापनमा क्षमता अभिवृद्धि गर्ने क्षेत्रमा दुई मुलुकले सहकार्य गर्ने बारेमा समेत छलफल भएको थियो । यसैगरी जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण, जैविक विविधता संरक्षण, उच्च मूल्यका जडीबुटी एवम् गैरकाष्ठ वन पैदावारको खेती विस्तार तथा बजार प्रवद्र्धन आदि विषयमा द्विपक्षीय सहकार्य गर्ने बारेमा मन्त्री भण्डारीले जोड दिनुभयो  ।

वनमन्त्री शङ्कर भण्डारी र जर्मनीका वातावरण मन्त्री डा. बार्बरा ह्यान्ड्रिक्सवीच भेटवार्ता

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!