राष्ट्रिय समाचार

सिमसार क्षेत्रको संरक्षण आवश्यक : मन्त्री भण्डारी

 

काठमाडौँ, माघ २०, २०७३ । सिमसार क्षेत्रको संरक्षण आवश्यक : मन्त्री भण्डारी । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले प्राकृतिक प्रकोप न्यूनीकरणका लागि सिमसार क्षेत्रको संरक्षण गर्नु आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको छ । विश्व सिमसार दिवसका अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको जोखिम क्षेत्र नेपालको संरक्षणका लागि सिमसार क्षेत्रको संरक्षण आवश्यक रहेको बताउनु भएको हो ।

२० वर्षदेखि उक्त दिवस मनाउँदै आएको नेपालमा हाल ५ % मात्र सिमसार क्षेत्र रहेको छ । मन्त्री भण्डारीले सिमसार क्षेत्र बहुआयमिक क्षेत्र भएकाले यसको संरक्षणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रको सहयोग आवश्यक रहेको छ भन्नु भयो । उक्त मन्त्रालयका सचिव प्रकाश माथेमाले सिमसार क्षेत्रको संरक्षण भएमात्र स्थानीय जनसमुदायको जीविकोपार्जनमा टेवा पुग्ने बताउनुभयो ।

विभागका महानिर्देशक मनबहादुर खड्का, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेल, भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक विजयराज पौडेल, वन तथा भूसंरक्षण मन्त्रालयका पूर्व सचिव स्वयम्भुमान अमात्य लगायतले विकास निर्माणको कामले सिमसारको व्यवस्थापनमा चुनौती थपिएको बताउँदै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!