अन्तर्राष्ट्रिय समाचारसूचना प्रविधि

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने

अब फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने !  मानिस सामाजिक प्राणी भएकोले सामाजिक सञ्जालले  मानिसहरूलाई जोड्ने एउटा माध्यम भई सकेको छ।आजकल हामीले अत्याधिक रुपमा चलाउने सामाजिक सञ्जाल फेसबुकमा भिडियो अपलोड गरेर पैसा कमाउन सकिने भएको छ । फेसबुकले चाँडै यस्तो फिचर ल्याउँदैछ जसमा फेसबुक प्रयोगकर्ताले भिडियो अपलोड गरेबापत पैसा पाउने छन । यसमा केही शर्तहरु हुनेछन् जसलाई पूरा गरेमा भिडियो पब्लिसरले पैसा कमाउन सक्नेछ ।
‘मिड रोल एड फर्म्याट‘ भनिने एड फर्म्याट अनुसार यदि कुनै प्रयोगकर्ताले अपलोड गरेको भिडियो अरुले १० सेकेन्डभन्दा बढी हेरेपछी उक्त प्रयोगकर्तालाई विज्ञापन प्राप्त हुनेछ । सो एडबाट हुने कमाई भिडियो अपलोड गर्ने व्यक्तिलाई दिइनेछ । भिडियोबाट हुने कमाईको ५५ प्रतिशत हिस्सा अपलोड गर्नेलाई दिइनेछ भने ४५ प्रतिशत फेसबुकले राख्नेछ । यो विषयमा फेसबुकले अहिलेसम्म आधिकारिक जानकारी भने दिएको छैन ।
यसको दोस्रो शर्त के छ भने अपलोड गरिएको भिडियो कम से कम ९० सेकेन्डको हुनैपर्छ । साथै फेसबुकले भिडियो अपलोड गर्ने गाइडलाइन पनि दिन सक्छ । २०१६ मा प्रतिदिन १० करोड प्रयोगकर्ताले भिडियो मात्रै हेरेका छन् जुन फेसबुकमा पहिलेदेखि अपलोड थिए । फेसबुले भिडियो हेर्ने प्रयोगकर्ताहरुको बढ्दो रुचीलाई ध्यानमा दिएर नयाँ फिचर ल्याउन लागेको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!