लेखहरुसूचना प्रविधि

फेसबुक

Gopal Bhandari
गोपाल भण्डारी

पृष्ठभूमि

फेसबुक अहिले विश्वमै सबैभन्दा धेरै मानिसहरुले प्रयोग गर्ने सामाजिक सञ्जाल हो । फेसबुकमा सन २०१० जुलाईसम्म झन्‍डै ५०,००,००,००० जनाले एकाउन्‍ट खोलिसकेका छन् । सामाजिक सञ्जालहरुले मानिसको जीवन जती नै सहज बनाएको छ यसको गलत प्रयोगले समस्या पनि निम्त्याएको छ ।

सामाजिक सञ्जाल फेसबुकको चर्चासँगै यसको प्रायोग दैनिक हुने गर्छ । कतिलाई त फेसबुकबीनाको जीवनको अनुमान गर्न पनि गाह्रो हुने स्थिति आउन लागिसकेको छ । फेसबुक बन्द भएमा ‘आफु पनि बन्द हुने’ बताउने व्यक्तिहरु पनि सर्वत्र छन् । सामान्य रूपमा यसमा रमाउनु त ठीकै हो, तर यसैमा ‘क्रेजी’ हुनु चाहिँ खासै राम्रो होइन । त्यसो त अभिन्न अङ्ग भइसकेको फेसबुकबाट राम्रा कुराहरु पनि धेरै नै ग्रहण गर्न सकिन्छ, विश्वमा भएका गतिविधिबारे थाहा पाउन सकिन्छ ।

वर्तमानमा मानिसहरुले फेसबुकको फरकफरक प्रायोजनका लागि प्रयोग गर्ने गरेको पाइन्छ । फेसबूकले  जीवनमा  महत्वपूर्ण भुमिका खेल्न  थालेको छ । हिजोआज कुनै कम्पनी वा कार्यालयले कसैलाई जागिरमा राख्नुभन्दा पहिले उनको फेसबुक अकाउन्ट जाँच गर्ने गरिन्छ । आफ्नो प्रोफाइल फोटो साधारण र शिष्ट राख्नुहोस् । आफूलाई मन परेको पुस्तक, फिल्म, रुची उल्लेख पेजमा लाइक गर्नुहोस्, यसबाट तपाईंको सोंच देखिन्छ । ओजनदार स्टाटस तथा म्यासेज शेयर गर्नुहोस् ।  शिष्ट भाषाको प्रयोग गर्नुहोस् ।

केहीले आफुलाई मन पर्ने व्यक्तिलाई राम्रो प्रभाव पार्न तथा सम्बन्ध विस्तार गर्नको लागि पनि फेसबुकका स्टाटस मन पराइदिने, राम्रा ‘कमेन्ट’ लेखिदिने धेरै नै छन् । त्यसो त आफ्नो लगातारको कामबाट आराम पाउन केहीछिनको लागि फेसबुक खोली मनमा लागेका कुरा निर्धक्क खोल्ने व्यक्तिहरु पनि कम छैनन् । अनि आफ्नो स्टाटस सबैले हेरून् र आफुलाई एकपटक एस्सो सम्झिऊन् अनि सो मा कमेण्ट लेखून् भन्ने सोचका साथ फेसबुक चलाउने पनि धेरै छन् । आफ्नो स्टाटसमा कसैले पनि कमेण्ट नलेख्दा भने चित्त दुखाउने पनि धेरै नै छन् । फेसबुकमार्फत आफुलाई उपयुक्त नलागेको कुरामा विरोध जनाउने व्यक्तिहरु पनि धेरै नै छन् । कोही कोही मानिसले त फेसबुकमा चिया पिएको, मादक प्रदार्थ पिएको, खाना खाएको जस्ता कमसल खालका तस्बिर पोस्ट गर्ने गर्नु भनेको हल्का खालको औकात देखाउनु मात्र हो ।  भावनात्मक भएर एक दिन मै धेरै स्टाटस पोस्ट गर्नु राम्रो होईन ।

 अन्तराष्ट्रिय स्तरले चालेको महत्वपूर्ण  सामाजिक सञ्जालको  फेसबुकमा आफ्नो एकाउन्ट खोल्ने, देशविदेशका साथीहरु बनाउने, उनीहरुको खानपान, लवाई, खवाईको सिको गर्ने, आफ्नो घरमा बसेर फेसबुकको माध्यमद्वारा विभिन्न राष्ट्रको सांस्कृतिक, आर्थिक, सामाजिक गतिविधिहरुको अवलोकन गर्ने आज आम नेपालीको दैनिक क्रियाकलाप भइसकेको छ । समयसंगै नेपालीहरु पनि धेरैले फेसबुकमा आफ्नो ‘एकाउण्ट’ खोलिसकेका छन् । फेसबुकका प्रयोगकर्ताको भिडमा राजनीतिज्ञ तथा सेलिब्रेटीहरु पनि धेरै नै छन् । उनीहरु पनि नयाँ साथी बनाउन अनि ‘स्टाटस म्यासेज’ लेख्न उत्तिकै सक्रिय रहेको पाउन सकिन्छ । देशको राजनीतिक परिस्थितिका सन्दर्भमा सुचना आदनप्रदान गर्ने तथा फेसबुककै माध्यमबाट ‘आन्दोलन’ गर्ने गरेको पनि धेरैको फेसबुक ‘प्रोफाइल’बाट थाहा पाउन सकिन्छ ।

 प्रयोगकर्ताहरूले बडिमा ५००० जना साथि आफ्नो खातामा जोडन सक्छन् । फेसबुकमा पेज बनाइ ब्यापारको प्रबर्धन पनि गर्ने सकिन्छ भने चर्चित ब्यक्तित्वहरूले पेज मार्फत आफ्ना प्रशंसकहरू सङ्ग अन्तरक्रिया गर्ने पनि सक्दछ। फेसबुकमा अहिले च्याट,भिडियो च्याट,सामुहिक च्याट र गित सुन्ने जस्ता सुबिधाहरू थप गरिएको छ । तर, फेसबुक प्रयोग गर्नका लागि प्रयोगकर्ता कम्‍तिमा १३ बर्षको उमेर भएको हुनु पर्दछ र, इमेलबाट एकाउन्‍टलाइ सक्रिय बनाइने भएकाले प्रयोगकर्तासंग नीजि इमेल हुनु पर्दछ । फेसबुकमा चलाउन मनलागेन भने निस्कृय बनाउन पनि सकिन्छ । खाता निस्कृय बनाइसके पछि तत्कालका लागी फेसबुक खातामा कसैले कमेन्ट ,लाइक र लेख्न सक्दैन् तर स्थाइरूपमा भने खाता डिलिट भएको हुदैन र पछि सक्रिय बनाइसके पछि सबै सुचनाहरू प्राप्त गर्न सकिन्छ।फेसबुकको मुख्य बिवादको कुरा यस्को गोपनियताको रहेको छ । यो वेभसाइटको नामको जरो भने बिश्वबिध्यालयले विद्यार्थीहरूलाई एक अर्कालाई चिन्न सहयोग पुर‍‌याउने उद्देश्यले तयार पारिएको पुस्तकको नामबाट आएको हो ,जुन नयाँ सत्र सुरु हुने बेला सबैलाई दिइन्थ्यो ।

इतिहास

सन् २००४ मा मार्क जुकरबर्गले हावर्ड बिश्वबिध्यालयमा हुँदा उनका कलेज कोठामासँगै बस्ने साथीहरू केही कम्प्युटर विज्ञानका विद्यार्थीहरू एडवार्डो साभरिन, डस्टिन मोस कविट्ज रक्रिस ह्यूजेसको साथ फेसबुकको स्थापना गरेका हुन् । वेबसाइट सुरुमा हावर्ड बिश्वबिध्यालयका बिध्यार्थीहरू माझ मात्र सिमित रहे पनि पछि बोस्टन क्षेत्रको आइवी लीग र स्टैनफोर्ड विश्वविद्यालयमा पनि फैलाइएको थियो ।

उपलब्‍धिहरू

फेसबुकमा झन्‍डै ५०,००,००,००० जनाले एकाउन्‍ट खोलिसकेका छन् । सन जनवरि २००९मा Complete.com ले गरेको सर्वेक्षणमा फेसबुक विश्‍वकै बढि प्रयोग हुने सामाजिक सञ्‍जालको रूपमा राखेको छ। com Score को अप्रिल २००८ को प्रतिवेदन अनुसार फेसबुक सबैभन्‍दा बढि चलाइने वेभसाइटको रूपमा लिइएको छ। Alexa का अनुसार यो विश्‍वको दिस्रो बढि चलाउने सख्‍यामा छ। फेसबुकलाइ सन २००७मा PC Magazine को “Top १०० Classic Websites” (उत्‍कृष्‍ट १०० वेभसाटटहरू)मा सामेल गरिएको थियो र सन २००८ मा वेबी अवार्ड्सले दिएको “People’s Voice Award” समेत पायो । सन २००६मा विद्यार्थीहरू माझ गरिएको अध्‍ययनमा फेसबुक चलाउनेको सख्‍या धेरै मात्रामा पाइएको थियो ।

फेसबुक मेसेज

सन २०१० नोभेम्‍बर १५का दिन फेसबुकले ‘फेसबुक मेसेज’ सुविद्या लाउने कुरा सार्वजनिक गरेको छ। फेसबुकका सि.इ.ओ मार्क जुकरबर्गले एक पत्रकार सम्‍मेलनका समाहोरमा अब फेसबुक प्रयोगकर्ताहरू @facebook.com राखेर इमेल खोल्‍न सक्‍ने बताएका छन्। कतिले भने ‘फेसबुक मेसेज’ लाई ‘जि-मेल किलर’को संज्ञा समेत दिएका छन्। ‘प्रोजेक्‍ट टाइटान’को कोडनाममा बनाइरहिएको ‘फेसबुक मेसेज’ लाई पूर्णरूपमा बन्‍नको रूपमा भने १५ महिना लाग्‍ने बताइएको छ।

सेनसरसिप

फेसबुकमा पैगंबर मोहम्मदको आपत्तिजनक कार्टून तस्‍बिर बनाउने प्रतियोगितामा इस्‍लामी धार्मिक भावनामा ठेस पुगेकाले यसलाइ पाकिस्‍ितानमा एकताका प्रतिबन्‍ध लगाइएको थियो। पछि ३१ मे, २०१०मा यस सम्‍बन्‍धिको पृष्‍ठ र ब्‍लगलाइ प्रतिबन्‍ध लगाइएको छ। स्रोतहरूका अनुसार यसलाइ पाकिस्‍तान अझै कति धेरै ठाउहरूमा प्रतिबन्‍ध लगाइको पाइएको छ। फेसबुकलाइ चीन, भेतनाम, इरान, साउदी अरविया, बंगलादेश, सिर्या, यजेकिस्‍तानका धेरै क्षेत्रहरूमा सेनसरसिप लगाइएको छ। त्‍यस्‍तै, विभिन्‍न सङ्घ संस्‍थाहरूमा आफ्‍ना कमदारहरू केवल काममा मात्रै एककृत होउन भनेर आफ्‍नो नेटवर्कमा सेनसरसिप लगाइएको छ।मलाई मन पर्ने सञजल

फेसबुक कसरी चलाउने?

कुराकानी गरिहाल्नोस्

कुनै रोचक विषय उठान गर्नुहोस् र त्यसमा आएका साथीहरूका प्रतिक्रियालाई व्यक्तिगत रूपमा जवाफ फर्काउनुहोस्। तपाईंका साथीहरूलाई उनीहरूका प्रतिक्रिया ध्यान दिएर पढ्नुभएको छ भन्ने पार्नुहोस्। अफिसमा छु, मेरो कुकुर कति राम्रोजस्ता स्ट्याटस नराख्नोस्। धेरैजसो मान्छे दिउँसो अफिसमै हुन्छन् र तपाईंको कुकुरसँग कसैको सरोकार पनि हुँदैन।

अन्तर्क्रियात्मक हुनुहोस्

वालका कमेन्टलाई सहजतासाथ लिनोस्। सान्दर्भिक प्रतिक्रिया दिनोस्। कसैप्रति आक्षेप नलगाई अन्तर्क्रियात्मक बन्नोस्। आफ्नो स्ट्याटसमा कमेन्ट वा लाइक आएन भनेर निरास नहुनुहोस्।

सिर्जनशील हुनुहोस्

कसैको राम्रो महावाणी टपक्क टिपेर पेस्ट गर्दैमा खुब ठूलो काम गरेको नठान्नोस्। तपाईंलाई राम्रो लागेको महावाणी सबैलाई राम्रो लाग्नैपर्छ भन्ने छैन। अधिक मौलिक हुनुहोस्। विषयवस्तुबारे फरक ढंगले सोच्नोस्। सिर्जनशील प्रस्तुतिमा वाल अपडेट गर्नुहोस्।

सकारात्मक हुनुहोस्

सकारात्मक हुन नर्मन भिन्सेन्टको द पावर अफ पोजेटिभ थिङकिङ वा कर्ण शाक्यको सोच पुस्तक पढ्नैपर्छ भन्ने छैन। फेसबुक टिमले गरेको अनुसन्धानले नकारात्मक पोस्टमा बढी कमेन्ट र सकारात्मक पोस्टमा बढी लाइक हुने देखाएको छ। तपाईंलाई कान रातो हुने बहस चाहिएको हो कि वाहवाही चाहिएको? अब आफैं छान्नोस्।

सरल भाषा प्रयोग गर्नोस्

फेसबुक सञ्जाल साहित्यकार वा प्राधिकिहरूको भीडले भरिएको छैन। यो विश्वका धेरै मान्छे अप्राविधिक र गैरसाहित्यिक छन्। त्यसैले प्राविधिक र अरूले नबुझ्ने साहित्यिक गफ नछाँट्नोस्। बहुअर्थी भाषा प्रयोग नगर्दै राम्रो। वालमा लेख्दा सरल भाषा प्रयोग गर्नु उत्तम।

‘म’ को धाक नदिनोस्

अंग्रेजी शब्दहरूमाथि गरिएको अनुसन्धानले ‘आई’ र ‘मी’ (म र मेरो) को सट्टा यू (तिमी वा तपाईं) शब्द बढी लोकप्रिय देखाएको छ। त्यसैगरी ‘हि’ र ‘सि’ पनि बढी लोकप्रिय देखिएको छ। त्यसैले ‘म’ को धाक नदिनोस्।

घटना देख्नुभो ? तत्काल अपडेट गर्नोस्

तपाईंको वरिपरि केही न केही रोचक कुरा भइरहेका हुनसक्छन्। कुनै ठूलै घटना देख्नुभयो भने चुप लागेर नबस्नोस्। मोबाइल वा क्यामराले फोटो, भिडियो खिच्नोस् र तत्काल अपडेट गर्नोस्। जनचासो विषयको तत्काल अपडेटले तपाईंलाई रातारात चर्चित बनाइदिनसक्छ।

स्रोत र सभार :

  1. http://ne.wikipedia.org/wiki/फेसबुक
  2. http://meroreport.net/how-to-use-facebook

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

error: Content is protected !!