मुख्य समाचारसूचना प्रविधि

फेसबुकमा छाएको हल्ला BFF को अर्थ के हो ?

हल्ला यस्तो छ

मार्क जुकरवर्गका अनुसार आफ्नो आइडी सुरक्षित छ कि छैन भनेर चेक गर्ने नयाँ फिचर थपेको छ । उक्त मेकानिजममा तपाईले कमेन्टमा BFF टाइप गर्दा हरियो हुँदै माथितिर गएको देख्नु भयो भने तपाईको फेसबुक अकाउन्ट सुरक्षित छ तर यदि देख्नु भएन भने तुरुन्तै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस तपाईको फेसबुक अकाउन्ट ह्याक हुने तर्खरमा छ भन्ने कुरा जताततै फेसबुकमा फैलिएको छ

BFF को अर्थ के हो ?

धेरैले हरियो नभए फेसबुक ह्याक हुने हल्ला समेत स्टेटसमा लेखेका छन् । उनीहरुले हवाला दिँदा मार्क जुकरवर्गले बताएको लेख्न समेत भ्याएका छन् । तर, फेसबुकमा हुने परिवर्तनलाई सदैव मार्कले आफ्नो आधिकारीक फेसबुकबाट मात्र सार्वजनिक गर्ने गरेका छन् । यी सबै हल्लाहरु मात्र हुन् ।

यो विषयमा मार्कले कुनै औपचारिक कार्यक्रममा बोलेका पनि छैनन् । यो हल्ला मात्र भएको कुरामा सबै विश्वस्त हुनुपर्छ । फेसबुकको आधिकारिक निकायले समेत यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । यो शुरुमा अंग्रेजीमा चलेको हल्लालाई कसैले अनुवाद गरेको र त्यही पोष्ट भएपछि नेपालीमा समेत फेसबुकमा हल्ला चलेको देखिन्छ ।

सामान्यतया फेसबुकमा Congrats वा Congratulation टाइप गर्दा पनि कमेन्टको कलर चेन्ज हुन्छ । त्यसै गरी BFF टाइप गर्दा पनि चेन्ज हुन्छ । यस्तो केही देशमा मात्र बनाइएको छ । तर, यही विषयमा मानिसहरु हल्लाका पछि दौडिएका छन् ।

अहिले हल्लामा रहेको BFF को अर्थ बेस्ट फ्रेन्ड फरेभर (Best Friends Forever) जसको एनिमेसन फेसबुकले तयार पारेको छ । एनिमेसनमा दुई हातले हाइ फाइभ गरेको देखिन्छ। तर, नेपालमा यसको गलत हल्ला छ । गलतका पछि लाग्नेहरुको भिड पनि ठूलै छ । यो हुँदा त्यसको अर्थ तपाईँको फेसबुकको पासवर्ड सुरक्षित नभएको भन्ने हुँदै होइन ।

कतिपय मेडियाले त आफ्नो फेसबुक पेज र वेबसाइटको भिजिटेसन बढाउँन समेत यस्तो हल्ला गरेको पाईयो । यस्ता अनावश्यक कुरामा विश्वास नगरी हल्लाको पछाडी नलागी स्वयं आफै सामाजिक संजाल प्रयोगकर्ता समेत संचेत हुनु जरुरी छ । यस्ता हल्लाका पछि नलाग्न सवैलाई अनुरोध छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!