सूचना प्रविधि

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु

फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरु ! सामाजिक संजाल फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिलेकाँही हाम्रो लागि समस्या पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । फेसबुक प्रोफाइलमा राख्न नहुने केहि गोप्य कुराहरुबारे जानकारी यस प्रकार छन ।

१.  फोन नम्बर

मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदा ढिलो चाँडो तपाईंबाट उठाउनेछन् ।

२.  जन्मदिन

ह्याकरले तपाईंको जन्मदिनले नै तपाईंको नीजि जिन्दगीमा खलबली मच्चाईदिन सक्छन् । यस मार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्न सक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

 ३.  वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेश

अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

४.  रिलेसनशीप स्टेटस

यदि तपाईं कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउने छन् ।

५.  क्रेडिट कार्ड डिटेल्स

क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

६. बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्

तपाईंको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

७.  आफ्नो बसलाई नजोड्नुहोस्

यो तपाईंको पर्सनल स्पेश हो । तपाईंको कुरा तपाईंको बसलाई नराम्रो लाग्न सक्छ जसका कारण तपाईंले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

 ८.  छुट्टिको जानकारी नदिनुहोस्

याद राख्नुहोस्, यसो गर्दा तपाईंले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईंको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

९.  परिवारको तस्बिर नराख्नुहोस्

यस्तो गर्दा तपाईंले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०.  लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्

आइफोन होस् वा एन्ड्रोइड, लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईंको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाए लगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ ।

११.  आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्

फेसबुकमा तपाईं आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईंमाथि नजर गाडिरहेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!