हेल्थ टिप्स

ग्यास्ट्रिकको उपचार आफैँ घरमा गर्न सकिने

ग्यास्ट्रिकको उपचार आफैँ घरमा गर्न सकिने ! चिकित्सा बिज्ञानको भाषामा ‘ग्यास्ट्राइटिस’ भनेर चिनिने यो रोगलाई नेपाली बोलीचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिन्छ । पहिला-पहिला गाउँघरमा बुढापाकाले यसलाई गोला गानो पनि भन्दथे। झन्डै ८० प्रतिशत नेपालीलाई कुनै न कुनै बेला ग्यास्ट्रिक लागेको अनुमान छ । सबै समुदाय र उमेर समूहका मानिस ग्यास्ट्रिकबाट पीडित भएको चिकित्सकहरू बताउँछन् ।

पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षणयुक्त समस्यालाई नै ग्यास्ट्रिक भन्ने गरिन्छ । ग्यास्ट्रिक भएकाहरुलाई वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ ढ्याउ आउनु, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, तौल कम हुने ,छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, पेट पोल्नु, भोक हराउनु, अम्लपित बढ्नु, मुख बिग्रिनु, पेट भारी हुनु, आपन वायु बढ्ने आदि लक्षण देखा पर्नु नै यसको लक्षण हो । ग्यास्ट्रिकको उपचार आफैँ घरमा गर्न सकिने केहि टिप्स हरु यस प्रकार छन् ।

१. बेसारको पात

बेसारको पातलाई सबैभन्दा राम्रो ग्यास्ट्रिकको औषधिको रुपमा मानिन्छ । दिनको एक ग्लास दुधमा चप गरेको बेसारको पात मिसाउनु र दिनहुँ पिउनुहोस् । यसो गर्दा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

२. पुदिना
एक ग्लास पानीमा ताजा पुदिना राखेर उमाल्ने र सेलाएपछि त्यसमा मह हालेर दिनको दुई / तीन पटक खानुहोस् । यसले ग्यास्ट्रिक समस्यालाई हटाउन मदत गर्दछ ।

३. अदुवा
ग्यास्ट्रिकको समस्या कम गर्ने अर्को तरिका अदुवा हो । अदुवालाई औषधिको रुपमा पनि मानिन्छ । दिनहुँ खाना खाएपछि ताजा अदुवाको टुक्रा चपाउनुहोस् यो समस्या आफैँ टाढा हुन्छ । यसरी अदुवाको धूलो, नुन, हिंग पानीमा मिसाउनु र दिनहुँ पिउने गर्नुहोस् ।

४. दालचिनी
तातेको दूधमा आधा चम्चा दालचिनी को धूलो, मह अलिकति राखेर मिसाउने र यसको सेवन राती सुत्नु अगाडि गर्नु । यसले ग्यास्ट्रिकको समस्या कम गर्न मदत गर्दछ ।

५. बेकिङ सोडा
बेकिङ सोडामा धेरै मात्रामा Antacid भएको कारण यसले ग्यास्ट्रिकको समस्या हटाउन मदत गर्दछ । एक ग्लासमा आधा चम्चा बेकिङ सोडा राखेर मिसाउनुस् र दिनहुँ यसको प्रयोग गर्ने गर्नुहोस् ।

६. जिरा बिउ
एक ग्लास तातो पानीमा एक चम्चा जिरा बिउ राखेर उमाल्ने र केही समय सम्म यसलाई ढाकेर राख्ने र त्यसपछि यसको सेवन गर्नुहोस् ।

७. हिंग
हिंगमा पानी मिसाइ यसको पेस्ट बनाउनु र यसलाई पेटमा राखी केही समय राख्नु । यस्तो गर्दा यो समस्या हट्दै जान्छ ।

८. लसुन
२ ३ वटा लसुनलाई आगोमा पोल्नुस् त्यसपछि त्यसको बोक्रा निकालेर खानुहोस् । ताजा लसुनलाई पिसनु, जिराको धूलो, जिराको गेडालाई पानीमा राखी उमाल्नु र यसको सेवन गर्नु ।

९. सौंप
सौंप पनि एक प्रकारको औषधिकै रुपमा लिन सकिन्छ । पानीमा सौंपको दाना राखी उमाल्नस् र सेलाए पछि खानुहोस् ।

१०. अम्बाको पात
एउटा अम्बाको पात लिनुहोस् र त्यसलाई पानीमा उमाल्नुहोस् । यसलाई दिनहु पिउँदा ग्यास्ट्रिकको समस्या कम हुँदै जानेछ ।

११. आलुको जुस
आलुलाई सफा गर्नुहोस् र त्यसपछि बोक्रा हटाई चप गरेर पानीमा उमाल्नुस् । दिनकै एक ग्लास ३ पटक खाना अघि पिउनुहोस् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!