स्वास्थ्य

ढाड दुख्ने समस्या र यसको उपचार

Dr. Ram Bdr Bohara
डा. राम बहादुर बोहरा

नेपालमा ढाड दुख्ने समस्या अधिकांश मानिसलाई हुने गरेको पाइन्छ । यो रोगबाट जवानदेखि बूढाबूढी उमेरका मानिस पनि यो समस्याबाट पीडित छन् । कुनै पनि घरमा ढाड दुख्ने समस्या नभएका मानिस भेटाउन मुस्किल छ ।

त्यस्तै ४०–४५ वर्षपछि ढाडका हड्डी खिइएर धेरैजसो मानिसलाई ढाड दुख्ने समस्याले सताउँछ । यसबाहेक कहिलेकाहीँ ढाडको हड्डी भाँचिएर पनि लामो समयसम्म ढाड दुख्न सक्छ ।

ढाडमा संक्रमण भएर पनि यस्तो समस्या हुन्छ । यसको मुख्य कारण मेरुडण्डको क्षयरोगको कसरणले पनि हुनसक्छ । यसबाहेक कहिलेकाहीँ बाथको समस्याले पनि ढाड दुख्न सक्छ । हड्डी खिइएर पनि ढाड दुख्न सक्छ ।

उपचार र सहजता धेरै नै ढाड दुखेका वेलामा चिकित्सकको सल्लाहअनुसार एक हप्ताजति दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्छ । यसका साथसाथै आरामको पनि उत्तिकै आवश्यकता पर्छ ।

चिकित्सकको सल्लाह अनुसार क्याल्सियम (भिटामिन डी) टेब्लेटको साथमा निउरोवियोनको इन्जेक्सन ५ दिनसम्म लगाउन र यहि औषधिको सेवन गर्दा पनि ढाड दुख्ने समस्या कम हुन सक्छ । करिब ७० प्रतिशत मानिसहरूमा नेपालमा भिटामिन डी कम भएको पाइन्छ ।

ढाड दुख्ने समस्याको उपचार

ढाडको उपचार सवैभन्दा राम्रो भनेको मालिस गर्नु र सुर्यको ज्वतिमा केहिबेर दैनिक बस्न सके प्राकृतिक क्यालसियम प्राप्त हुनाले यो रोगमा राम्रो फाइदा गर्दछ । सुर्य तापी सिलाजीत ४-५ रति दिनमा २ पटक खानाले राम्रो फाइदा गर्दछ ।

तिलको तेलमा लसुन फुराएर छान्ने र दैनिक मालिस गर्ने र लसुनको १,२ केसरा दुधसंग दिनमा २ पटक खाने गर्नाले ढाड दुख्ने समस्या ठिक हुन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष तथा आयुर्वेद डाक्टर हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

नाकमा मासु पलाउने रोग पोलिप र उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!