राष्ट्रिय समाचार

वनमन्त्री शङ्कर भण्डारी र अमेरिकी राजदूत तेप्लिज वीच भेटवार्ता

काठमाडौं, फाल्गुन ५, २०७३ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारी र नेपालका लागि अमेरिकी राजदूत एलाइना बी तेप्लिज वीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले नेपालको जैविक विविधता संरक्षणको क्षेत्रमा अमेरिकी राजदूतावास र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोगसँग वन मन्त्रालय मिलेर काम गर्न चाहेको बताउनु भयो ।

वन्यजन्तुको अपराध सबैका साझा चुनौतीका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले वन्यजन्तु अपराध नियन्त्रणमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय स्तरमा पुयाएको सहयोगको प्रशंसा गर्नुभएको थियो । भेटमा राजदूत तेप्लिजले जैविक विविधता संरक्षणमा नेपालले हासिल गरेका उपलब्धि अन्य मुलुकका लागि पनि अनुकरणीय रहेको उल्लेख गर्दै प्राकृतिक संरक्षणका परियोजनामा अमेरिकाले पुयाउँदै आएको सहयोग आगामी दिनमा थप वृद्धि हुँदै जाने विश्वास बताउनु भएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!