खानपान

तातो पानी पिउने कि चिसो ?

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

तातो पानी पिउने कि चिसो ? साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ । पोषण विज्ञहरुका अनुसार औषत व्यक्तिलाई दैनिक ८ गिलास पानी चाहिन्छ ।

हामीले सामान्यतया तीन गिलास पानी पिसाब मार्फत् र अन्य दुई गिलास श्वास प्रश्वास तथा पसिन मार्फत खर्च गरेका हुन्छौँ । तसर्थ शरिरबाट गएको पानी पूर्ती गर्न पनि हामीलाई दैनिक सो परिणाममा पानी पिउनु आवश्यक छ । भारतको दी इन्स्टिच्युट अफ मेडिसिनका अनुसार महिलाले दैनिक ९ गिलास र पुरुषले ११ गिलास पानी पिउनुपर्छ ।

बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनु राम्रो हुन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनु उचित हुन्छ । खाना खाएको एक घन्टापछि पानी खाने गर्नुपर्छ । त्यस्तै, खाजा खानुभन्दा आधा घन्टाअघि र खाजा खाएको एक घन्टापछि पनि पानी पिउनुपर्छ । राति पनि खाना खानुभन्दा आधा घन्टाअघि र खाना खाएको एक घन्टापछि पानी पिउनु अत्यन्त फाइदाजनक हुन्छ । खानासँग पानी पिउनु राम्रो हुँदैन ।

अधिकांश अनुसन्धानकहरूकर्ताहरूले पिउने पानी शरीरको तापक्रम अर्थात ९८.६ डिग्री फरेनहाइट बराबरको भएमा उत्तम हुने धारणा राख्दछन् । हुन त मानिसको शारीरिक अवस्था, धपेडी भएको अवस्था वा बाह्य मौसम जस्ता अवस्थाले पनि पिउने पानी तातो वा चिसो छनौटमा प्रभाव पार्दछन् । निश्चय नै थाकेको बेलामा, ज्वरो आएको बेलामा ब्यायाम बढी गरेको अवस्थामा चिसो पानी पिउँदा आनन्द आउने, सन्तुष्टि मिल्ने, शारिरीक स्वच्छता प्राप्त गर्ने स्थिति हुन्छ । तर, मानिसहरु शारीरिक दुवलता महसुस भएको अवस्था आदिमा तातो पानी पिउन चाहन्छन् ।

अनुसन्धानकर्ताहरु र चिकित्सकहरुले अनुभवको आधारमा चिसोभन्दा तातो पानी पिउँदा विभिन्न प्रकारका फाइदा धेरै हुने बताउँदै आएका छन् । यद्यपि, यस तथ्यमा पनि मतैक्यता नहुन सक्तछ । जे होस्, तातो पानी पिउँदा जति फाइदा छ, त्यति फाइदा चिसो पानी पिउँदा नहुन सक्तछ । चिसोपानी पिउँदा हाम्रो पाचनप्रणाली अर्थात पेटमा भएका ससाना नसा र धमनी खुम्चिन्छन्, जसबाट खाएका खाना हाम्रो शरीरमा सोस्ने प्रक्रिया ढिलो हुन जान्छ भन्ने वैज्ञानिक तथ्य अघि आएको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

यो पनि पढ्नुहोस्

स्वस्थ रहन पानी कति पिउने ?

हाम्रो शरीरलाई पानी किन चाहिन्छ ?

उभिएर किन पानी पिउन हुँदैन ?

कुमारवर्ती औषधालय

 

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!