विज्ञान जिज्ञासा

कार्टुन चलचित्र कसरी बनाइन्छ ?

कार्टुन चलचित्र बालबालिकामा एकदमै लोकप्रिय मिकी माउस, डोनाल्ड डक, टिनटिन, पपया आदि कार्टुन चरित्रहरु विश्वमै प्रख्यात रहेका छन यस्ता कार्टुन चलचित्रहरु कसरी बन्छन ? यस्तो जिज्ञासा सबैमा जाग्न सक्छ । सिनेमाको विकास सन् १८९५ मा भएको हो भने कार्टुन सिनेमको विकास सन् १९०० को दशमा भएको मानिन्छ सर्वप्रथम कार्टुन सिनेमा बनाउने काम वल्ड डिज्नेले गरेका थिए डिज्नेले सन् १९३७ मा बनाएको संवादसहितको पहिलो कार्टुन सिनेमास्नो ह्वाइट एन्ड दी सेभेन ड्वार्फस्मा लाख ७७ हजार चित्र प्रयोग गरिएका थिए यो सिनेमाले खुब ख्याति कमाएका कारण सिनेमाको संवादलाई १३ विदेशी भाषामा अनुवाद गरिएको थियो

एउटा लगत्तै बनाएको अर्को चित्रमा थोरै अन्तर हुँदा त्यो चलेको अनुभव हुन्छ त्यही चाललाई कार्टुन सिनेमा निर्माणमा प्रयोग गरिएको हुन्छ जस्तो पहिलो चित्रमा हातमा अन्डा उठाइरहेको, दोस्रो चित्रमा हातबाट अन्डा छाडेको तेस्रोमा जमिनमा खसेर फुटेको देखइएको तीनै चित्रलाई एकपछि अर्को देखाए हातमा अन्डा खसेर फुटेको चाल स्पष्ट देखिन्छ यसै चाललाई कार्टुन सिनेमाको प्रयोग गरिएको हुन्छ

एक सेकेन्डमा २४ वटा चित्र देखाउँदा कार्टुन सिनेमा चाल तयार हुन्छ सिनेमाको भाषामा यी २४ चित्रलाईफ्रेमभनिन्छ यसरी हजारौंलाखौँ फ्रेम जोडेर एउटा सिङ्गो कार्टुन सिनेमा निर्माण हुन्छ आजकाल चित्र कोर्ने काम कम्प्युटरहरूले गर्छन् यस्तो विधिलाई एनिमेसन भनिन्छ कागजमा चित्र बनाइन्छ भने कम्प्युटरमा वस्तु नै तयार हुन्छ जस्तो : मान्छेको अगाडि पछाडिको चित्र चाहिए कागजमा बेग्लाबेग्लै चित्र बनाउनुपर्छ तर कम्प्युटरमा सिङ्गो मानिस तयार हुन्छ, अगाडि पछाडि देखाउँदा घुमाउन मिल्छ

माथि भने जस्तै फ्रेमलाई कुनै किताबको पानाको पुच्छरमा टाँसेर किताबलाई फरर्र पल्छायो भने पनि कार्टुन सिनेमा जस्तो चाल देख्न सकिन्छ एउटा पूरा कार्टुन सिनेमा तयार पार्न ती चित्रमा रङ, मानिसले बोलेरै भए पनि कुराकानी, अन्य गतिविधिका लागि थप आवाज राख्नु जूरी हुन्छ कार्टुन चित्रहरू कथामा मात्र आधारित हुँदैनन् यसमा मानिस, जनावर आदि पात्र हुन्छन् चित्रमा मिल्दो मानिस छानेर उसको आवाज राख्ने गरिन्छ भने जनावरहरूको आवाजपनि सिनेमा बनेपछि भर्ने गरिन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply