विज्ञान

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व

वैज्ञानिक दृष्टिकोणमा पीपलको महत्व ! हिन्दू धर्मले पशुपक्षी, वृक्षवनस्पतिमाथि समेत श्रद्धाभाव राख्दछ । हिन्दू धर्ममा पीपललाई देव वृक्ष अर्थात् देवताहरूको रुख मानिएको छ । स्कन्द पुराणमा भनिए अनुसार पीपलको बोटमा देवीदेवताहरूको वास हुन्छ । पीपल भगवान् विष्णुको जीवन्त एवं पूर्णतः मूर्तिमान स्वरूप हो । गीतामा कृष्णले भनेका पनि छन्- वृक्षहरूमा म पीपल हुँ । हिन्दु शास्त्रमा भनिएको छ ‘अस्वत्थः पूजितोयत्र पूजिताः सर्व देवता’ अर्थात् पिपलको पूजा गर्यो भने एकसाथ सबै देवताको पूजा गरेको फल प्राप्त हुन्छ । मानिसहरू निरोगी हुन्छन् भने पीपलको रुख रोप्नेहरूको कहिल्यै वंशनाश हुँदैन । योगी तथा ऋषिमुनिहरू पनि पीपलकै बोटमुनि तपस्यारत हुन रुचाउँछन् ।

पीपलको महत्व धार्मिक दृष्टिले मात्रै नभई आयुर्वेद एवं वैज्ञानिक दृष्टिले समेत उत्तिकै ठूलो महत्व छ । वैज्ञानिक दृष्टिकोणबाट पनि पिपल अति पूजनीय मानिन्छ किनकि यो वृक्षले गर्मीमा शितलता र जाडोमा तातो हावा प्रदान गर्छ । प्राणीलाई बाँच्न नभई नहुने प्राण वायु अक्सिजन अन्य वृक्षले भन्दा यसले प्रचूर मात्रामा फ्याँक्छ भने दुषित हावा कार्वनडाइअक्साइड यसले ग्रहण गर्छ । पीपलले अक्सिजनलाई शुद्ध पार्ने काम गर्छ । भनिन्छ, पीपलले २४ सै घन्टा अक्सिजन उत्सर्जन गर्छ, जब कि अरू रुखले रातको समयमा कार्बनडाइअक्साइड वा नाइट्रोजन ग्यास उत्सर्जन गर्छन् । यसका साथे पीपलको बोटले पर्यावरण शुद्ध पार्नमा पनि सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

आयुर्वेदमा पनि यो बोटको निकै ठूलो महत्व छ । पिपलको पात, फल, डाँठ सबै औषधिका रूपमा प्रयोग गरिन्छ । पीपलमा विषरोधी क्षमता हुन्छ । कुनै विषालु जीवजन्तुले टोकेमा उक्त व्यक्तिलाई थोरै समयको अन्तरालमा पीपलको पातको रस पिउन दिँदा विषको प्रभाव विस्तारै कम हुन थाल्छ ।कमलपित्त भएको अवस्थामा पीपलको ३-४ वटा पातको रसमा मिश्रीपानीमा मिलाएर दिनमा दुईपटक पिउँदा ४ देखि ५ दिनमै सकारात्मक असर देखा पर्छ । पीपलको पातमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ तसर्थ यसलाई नियमित चपाएर त्यसको रस निल्दा तनाव हट्नुका साथै तरोताजा एवं ऊर्जावान् महसुस हुन्छ । श्वासप्रश्वास सम्बन्धी समस्यामा पनि पीपलले निकै फाइदा पुर्‍याउँछ । पीपलको बोक्राको भित्री भागलाई सुकाएर धूलो पारी त्यसको सेवन गर्दा वा पीपलको पातलाई दूधमा उमालेर खाँदा दमका रोगीलाई फाइदा पुग्छ । पेटसम्बन्धी समस्या छ भने पीपलको फलले राम्रो लाभ पुर्‍याउँछ । पीपलको बोक्रा वा पात कुटेर त्यसको रस निकालेर छालामा लगाउँदा छाला मुलायम एवं सुन्दर बन्नुका साथै चाउरी समेत हटाउँछ ।

यो पनि पढ्नुहोस्

तुलसीको धार्मिक महत्व

जडिबुटी अपमार्ग र यसको प्रयोग

आयुर्वेदिक जडिबुटी आँकको तान्त्रिक तथा धार्मिक महत्व

मखमली फूल र भाई तिहारको सांस्कृतिक महत्व

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!