मुख्य समाचारराष्ट्रिय समाचार

चैत २२-२३ गतेसम्म हिमालयन ज्ञान सत्सङ्ग भेला : चौथो ग्य्राजुयट वातावरण र दिगो विकास सम्मेलन हुने

२० चैत, काठमाण्डाै । आगामी २०७४ चैत २२ र २३ (सन् २०१८ अप्रिल ५ र ६ तारिख) का दिन हिमालयन ज्ञान सत्सङ्ग भेला : चौथो ग्य्राजुयट वातावरण र दिगो विकास सम्मेलन ललितपुर पुलचोकस्थित होटल हिमालयमा आयोजना हुने भएको छ । आज चैत २० गतेका दिन शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले पुरानो विज्ञान र प्रविधि मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरेर उक्त कुराको जानकारी गराएको हो ।

विहान ८ वजेदेखि शुरु हुने कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि विभागको संयोजन एवं नेपाल सरकार शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको सहयोगमा आयोजना हुँदैछ । सम्मेलनको प्रमुख विषय “प्रकृति, विज्ञान र समाज” रहेको छ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञान विभाग, सामाजिक र वातावरणीय परिवर्तन अध्ययन संस्था (आइसेट)–नेपाल, रिर्सोसेज हिमालय फाउन्डेसन र स्किम कलेजको सह–आयोजनामा गरिने सो सत्सङ्गमा करिब ३ सय युवा अनुसन्धानकर्ताहरू सहभागी हुनेछन् ।

जलवायु परिवर्तन, प्रकोप जोखिम न्यूनीकरण, वातावरणीय प्रदुषण र स्वास्थ्य, वनस्पति विविधता, पानी र माटोको पारिस्थितिक प्रणाली जस्ता विषयमा हालसालै स्नातकोत्तर डिग्री हासिल गरेका विद्यार्थीहरुले आ–आफ्ना विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । विभिन्न विधागत विषयहरूमा युवा अनुसन्धानकर्ताहरूका लागि ज्ञान आदान प्रदान गर्ने थलो संस्थागत गर्ने उद्देश्यले वि. सं. २०७१ म आयोजना सुरु गरिएको सत्सङ्गको यो चौथो शृङ्खला हो । विषयगत शिक्षा हासिल गरेपछि विद्यार्थीहरुले सहकर्मी, अग्रजएवं विद्वद्वर्गमाझ आफ्नो अनुभव एवं ज्ञान साटासाट गर्ने माध्यम नै हिमालय ज्ञान सत्सङ्ग भेला हो ।

काठमाडौँ विश्वविद्यालयका उपकुलपति श्री रामकण्ठ माकाजु श्रेष्ठले उद्घाटन गर्ने सम्मेलनको अध्यक्षता त्रिभुवनविश्वविद्यालय, विज्ञान तथा प्रविधि विभागका डीन प्राध्यापक रामप्रसाद खतिवडाले गर्नुहुनेछ । त्यस्तै एसियाली विकास बैङ्कका डा. विन्दुनाथ लोहनीले विषयगत सम्भाषण दिने उक्त सम्मेलनमा शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयका सचिव श्री सञ्जय शर्मा र पोखरा विश्वविद्यालयका डीन डा. बुद्धिराज जोशीले आ–आफ्नो मन्तव्य दिने कार्यक्रम रहेको छ । सम्मेलनमा  विभिन्न विषयमा ४७ कार्यपत्रहरू प्रस्तुत हुनेछन् भने २८ जनाको पोस्टर प्रस्तुति समावेश छ । १० सत्रमा विभाजित कार्यक्रममा ८ वटा प्राविधि र २ वटा पोस्टर सत्र रहनेछन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!