स्वास्थ्यहेल्थ टिप्स

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

भनिन्छ स्वास्थ्य नै मानिसको सबैभन्दा महत्वपूर्ण धन हो । यदि कुनै व्यक्ति स्वस्थ र निरोगी छ भने उसले जीवनमा हरेक कुरा गर्न सक्छ । तर रोगी र कम्जोर अवस्थामा छ भने सधैंजसो आफ्नो स्वास्थ्यका बारेमा मात्र चिन्ता लाग्नु स्वभाविक हो । मानव जीवन रोगबाट ग्रसित हुन्छ र यो विभिन्न कारणले हुने गर्दछ । हरेक मानिसले आफ्नो व्यस्त दैनिकीलाई निरन्तरता दिँदै कसरी निरोगी रहन डाक्टरका ३३ उपाय उल्लेख गरेका छौं ।
१. दैनिक ८ गिलास पानी पिउने
२. दैनिक रूपमा साग खाने
३. खानामा सलाद समावेश गर्ने
४. टुसा उम्रेका अनाज खाने
५. बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने
६. मौसम अनुसारका फलफूल खाने
७. चिसो पेयपदार्थ नपिउने
८. चिया-कफी धेरै नपिउने
९. रेसायुक्त तरकारी खाने
१०. नुन कम खाने बढी गुलियो नखाने
११. तारेको र डढेको नखाने
१२. तरकारीको बोक्रा नफाल्ने
१३. भुटेको भटमास, मकै, चना खाने
१४. रातीको खाना ७ बजेभन्दा ढिलो नखाने
१५. खाना खानेबित्तिकै नसुत्ने
१६. चाँडै सुत्ने र चाँडै उठ्ने
१७. ८ घण्टा मस्त सुत्ने
१८. रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने
१९. बिहान कम्तिमा ३० मिनेट हिड्ने
२०. व्यायाम गर्ने तनावमा काम नगर्ने
२१. सुख/दुःख सेयर गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने
२२. प्रार्थना, पुजापाठ गर्ने
२३. जंकफुड, फास्टफुड सेवन नगर्ने
२४. बेलाबेलामा मनोरञ्जन गर्ने
२५. हरेक कुरामा चित्त बुझाउने
२६. धेरै नमोटाउने
२७. ६/६ महिनामा शरीर चेकअप गराउने
२८. ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने
२९. शाकाहारी खानपान शैली अपनाउने
३०. दिनहुँ एकपटक मजाले हाँस्ने
३१. आफूलाई कमजोर नसम्झने
३२. सकारात्मक सोचाई राख्ने
३३. ध्यान गर्ने

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!