स्वास्थ्य

विरामीप्रति डाक्टरको भुमिका

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

डाक्टर भन्ने वित्तिकै रोगीको सेवा गर्ने व्यक्तिको रूपमा चिनाइएको हुन्छ । डाक्टरले सेवा दिदा कुनै पनि प्रकारको भेदभाव नलिईकन गर्न सके मात्र त्यसलाई सेवा भनिन्छ तर पैसामा मात्र ध्यान दिने डाक्टरले सेवाको परिभाषा बुझेको हुदैन । मानव सेवा गर्ने सवैभन्दा महत्वपूर्ण भूमिका डाक्टरले निभाएको हुन्छ । आज डाक्टरी शिक्षालाई व्यापारीकरण हुनाले सामान्य व्यक्तिको पहुँच भन्दा माथि पुर्याएकाले सस्तो सेवाबाट जनता बन्चित भएको देखिन्छ ।

डाक्टरकहाँ उपचार गराउन आउने हरेक विरामीको सोच रोग निको हुने आशा लिएर आएको हुन्छ तर डाक्टरले विरामी चेकजाँच गर्ने काममा होशियारपुर्वक रोगको परिक्षण गरेर सेवा दिन सकेमा मात्र डाक्टरप्रति रोगीको विश्वास प्रगाढ भएर चाँडो निको हुनसक्छ । आजकल पैसाको होडमा विरामी नछोइकन सोधेको भरमा उपचार गर्ने प्रचलनले डाक्टरप्रति विरामीको विश्वास गुम्न थालेको छ । डाक्टरले हरेक विरामीको समयलाई महत्वपूर्ण सम्झेर उपचार गर्न सके ठूलो उपलब्धि हुने देखिन्छ ।

आज डाक्टरले राम्रो उपचार गरेन भन्दै दोषारोपण गर्ने र उपचार खर्च समेत भोराउने प्रचलन देखिएको छ यो आफैमा राम्रो होइन । हरेक व्यक्तिले आफ्नो रोग नछिपाई भन्न सकेमा डाक्टरलाई उपचार गर्न सहज देखिन्छ तर आफ्नो समस्या नबताई रोगको उपचार गर्दा निको नहुने भएकाले डाक्टरले गोपनीयताको विश्वास दिलाएर उसलाई आफ्नो समस्या बताउन समय दिएर उपचार गराउन सके राम्रो हुने देखिन्छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढनुहोस्

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

औषधीको रुपमा मरिचको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!