स्वास्थ्य

औषधिको रुपमा दालचिनीको प्रयोग

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

सामान्यतया: दालचिनीलाई हामी मसलाको रुपमा प्रयोग गर्छौं । तर, दालचिनी खासगरी ज्वरो, ब्रोनकाइटिस, दम तथा मुटु सम्बन्धी रोगमा निकै लाभदायक हुन्छ । यस्ता औषधितर्फ विश्वास कम हुने हुनाले मानिस घरेलु उपचारबाट बन्चित भएका छन् यसको प्रत्यक्ष फाइदा विदेशीलाई पुगेको छ । हाम्रो नेपालमा जडिबुटीतर्फ कसैको ध्यान पुग्न सकिरहेको छैन ।

आजको आधुनिक युगमा परम्परागत औषधिबारे धेरैलाई विश्वास नलाग्न सक्छ । विश्वास लागेपनि जडिबुटी र औषधिको रुपमा प्रयोग गर्न सकिने उपयोगी बोटविरुवा हिमाल तथा पहाडी भेगमा मात्र पाइन्छ भन्ने भ्रम हुनसक्छ । तर, हाम्रो घरखेतमै यस्ता औषधिजन्य बोट-विरुवा सजिलै पाइन्छन् । जसबारे थाहा पाइराखेमा समस्या परेको बेलामा राहत प्रदान गर्छ । बेल, नीम मेहन्दी, पुदिना, तुलसी हाम्रो वरिपरि पाइने खालका औषधि हुन तर यसको प्रयोग गर्न नसक्दा ठूलो धनराशी बाहिर गएको छ । औषधिको रुपमा दालचिनीलाई निम्न अनुसार प्रयोग गर्न सकिन्छ ।

१. अल्काईको रोगमा

दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।

२. रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

३. दम खोकीमा

आधा चम्चा दालचिनीको धूलो, एक चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, चारवटा कण्ठकारीको फल, दुई चम्चा मिश्री एक माना पानीमा पकाउने र एक चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको तीन पटक विहान/ दिउँसो/ वेलुका खाने गरेमा ठिक हुन्छ ।

४. चिसोले कपाल दुखेमा

दालचिनी र मरिचको लेप बनाएर विहान/वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।

५. घाँटी बसेमा

सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २/४ पटक मै ठीक भएर आउँछ ।

६. कोलस्टेरोल घटाउन

दालचिनीले कोलस्टेरोल घटाउन महत्वपुर्ण सहयोग पुरयाउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुरयाउछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढनुहोस्

निरोगी हुन् डाक्टरका ३३ सुझावहरु

औषधीको रुपमा मरिचको प्रयोग

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!