समाचार

निर्माणाधीन नारेल आवासीय भवनको शिक्षा मन्त्रीद्वारा शिलान्यास

मंसीर २२, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले राष्ट्रिय वायुमण्डलीय स्रोत तथा वातावरण अनुसन्धान प्रयोगशाला (नारेल) को निमार्णाधीन भवनको शिलान्यास गरेका छन् । त्रिभूवन विश्वविद्यालयसँगको सहकार्यमा २४ घण्टा वायुमण्डलीय स्रोत तथा वातावरणसम्वन्धि अध्ययन अनुसन्धान गर्ने लक्ष्यले वल्खु डाँडामा नारेलले भवन बनाउन लागिएको हो ।

सो अवसरमा मन्त्री पोखरेलले वायु प्रदुषण, मौसम तथा जलवायु, उर्जा, हावाई दुर्घटना र विकिरण जस्ता क्षेत्रमा नारेलले अनुसन्धान गरेको जानकारी पाएकोले यस क्षेत्रमा थप तालिम लिन अन्यलाई विदेश पठाउन नपरोस् भन्ने अपेक्षा व्यक्त गरें। मन्त्री पोखरेलले त्रिविमा रहेर केही गर्न सकिदैन भन्ने मानोविज्ञानलाई नारेलले चिर्न सफल भएकोमा बधाई दिदै अतिवृष्ट्री, बाढी पहिरो, वायु प्रदुषणजस्ता विषयमा जनताको जनधन कसरी सुरक्षित गर्ने भन्ने दृष्ट्रीमा अनुसन्धान गर्न वैज्ञानिकहरुले सोच्नुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालयका अनुसार नारेल भवन निर्माणका लागि दुई करोड प्राप्त भएकोमा ट्रेन्डर प्रक्रियाबाट १ करोड २३ लाख २९ हजारमा भवन बन्न लागेको जानकारी दिएको थियो । सो भवन १ वर्षमा बन्नेछ । गत वर्ष त्रिविका विभागहरुका प्रयोगशाला सुधारका लागि २३ करोड रकम प्राप्त भएको थियो । त्यसमा त्रिविका २४ वटा विभागलाई समावेश गराइयो । तर त्यसमध्य १० वटाले मात्र समयमा काम सम्पन्न गरेको छ ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!