धर्म-सस्कृति

तुलसीको धार्मिक महत्व

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

हिन्दू मान्यता अनुसार तुलसीको पातलाई निकै पवित्र मानिन्छ । तर, यो औषधिको रुपमा पनि निकै उपयोगी हुन्छ । रुघाखोकी लाग्दा पानीमा तुलसीको पातसँगै बेसार उमालेर खाँदा फाइदा गर्छ । खानामा अरुचि लाग्ने अवस्थामा तुलसीको पात चपाउँदा रुचि बढाउँछ ।

आजकाल हरेक घरको गमलामा प्राय तुलसी रोपेको पाइन्छ । तुलसीबाट हामीले थुप्रै फाइदा लिन सक्छौं तर हामीले यस्ता साना-साना बस्तुप्रति विश्वास नहुनाले त्यसै खेर फाल्छौं । आजकाल तुलसीबाट कफ सिरप बनाएर आयुर्वेदिक कम्पनीले राम्रो धनरासी बटुलेको हामीलाई थाहा छैन ।

धार्मीक दृष्टिकोणले पनि तुलसीको प्रमुख स्थान छ । मर्ने बेलामा सजिलोसंग प्राण जावोस् भन्ने परम्पराले गर्दा तुलसी पानी खुवाउने चलन छ तर यसको खास कारण कतिपयले थाहा नपाएको हुन सक्छ ।

तुलसीमा एक प्रकारको हावामा घुलनसिल तेल हुन्छ जसको प्रभावले अक्सिजन र किटाणुनाशक शक्ति तुलसीमा निहित हुनाले स्वासप्रस्वासमा समेत राम्रो फाइदा दिने र अडकेको कफलाई सफा गर्ने हुनाले तामाको भाडामा राखेको जल अन्तिम अवस्थामा दिदा वैकुन्ठ जाने धार्मिक मान्यता रहेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

तुलसी र यसको अर्थ

तुलसी र यसको प्रयोग

तुलसी र यसको महत्व

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!