वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार आवसगृहको रङ्क

Madhusudhan Subedi
मधुसूदन सुवेदी

वास्तुशास्त्र अनुसार आवसगृहको रङ्क कस्तो उपयुक्त होला ? एक पटक सोचौ र विचार गरौ । वास्तुशास्त्र प्राचीन विज्ञान हो। यजुर्वेदको स्थापत्य अध्यायमा वास्तु शिल्पशास्त्रको वयान छ। वास्तुशास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। यस्तो घरमा बस्दा उत्साह, उमङ र उल्लासको अनुभूति हुन्छ। वास्तुशास्त्रमा घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने जानकारी दिइन्छ।

स्नान गृह (Bathroom) का लागि  सेतो, गुलावी या कालो मिश्रण रङ्ग वेस हुन्छ । पूजा, ध्यान, प्रार्थना गर्ने पूजाकोठाका लागि हरियो, रातो, गुलावी या कालो मिश्रित रङ्क उपयुक्त हुन्छ । भान्छा कोठा (Kitchen) को लागि सेतो रङ्क राम्रो हुन्छ । केटाकेटीहरू सुत्ने कोठा (Children Sleeping Room) मा हरियो, नीलो या कालोरङ्क मिश्रण वेस हुन्छ । घरमूलीको शयन कक्ष (Guardian Sleeping Room) हरियो, नीलो वा गुलावी रङ्क मिश्रित हुनु राम्रो मानिन्छ । अध्ययन कक्ष (Study Room) मा नीलो, हरियो, रातो या गुलावी रङ्क राम्रो हुन्छ । वैठक कोठा (Guest Room) मा भने हरियो, पहेंलो या कालो रङ्क मिश्रित हुनु वेस हुन्छ ।

कोठाको हरियो रङ्कले व्यक्तिलाई शान्त र आनन्दित वनाउँछ । वायु सूचक हरियो रङ्ग (Air Indicator Green Color) ले साँच्चै वसन्त (Spring Season) को वहार नै ल्याउँछ, जीवन ऊर्जाशील (Potential) बनाउँछ । प्राकृतिक हरियो रङ्क (Natural Green Colour) ले सिर्जनाको सङ्गेत गर्दछ । साहित्यकार, कलाकार, सर्जक (Creators), कविहरू (Poets) लाई वढी मन पर्ने हरियो रङ्क गाढा रूपमा धेरै प्रयोग भए त्यस कोठामा बस्ने मानिसहरू वास्तविक संसार भन्दा काल्पनिक दुनियाँमा रमाउने पनि हुन सक्छन्, यसर्थ गाढा हरियो रङ्कमा हलुका रातो रङ्क मिश्रण गर्दा वढी उत्तम हुन्छ ।

रातो रङ्क अग्नितत्व (Presence of Fire Elements) को प्रतीक हो । सौभाग्यको प्रतीक रातो रङ्कले सवैलाई सुन्दरता दिन्छ । उन्नति, प्रगति, कार्यकुशलता प्रगतिसूचक रातो रङ्कको सकारात्मक पक्ष मात्र छैन, नकारात्मक पक्ष पनि उत्तिकै छ । ठीक ढङ्कको प्रयोगले व्यक्तिलाई प्रशस्त ऊर्जा शक्ति मिल्दछ भने गलत प्रयोगबाट तनाव पनि सिर्जना गराउँछ । बालबालिकाहरूका कोठामा गाढा रातो रङ भएमा केटाकेटीहरू चञ्चल र उद्वेलित हुन्छन् । घरका व्यक्तिहरूमा अनेकौं समस्याहरू उत्पन्न हुन सक्छन् ।

पहेंलो रङ्कले बौद्धिकताको परिचय दिन्छ । प्रगतिपथ तिर उन्मुख गराउँछ । समाज, समूह, समुदाय भित्र आपसी घुलमील, गर्न बस्न प्रेरित गर्छ । सामाजिकीकरण, नैतिक अनुशासन, सम्बन्ध विस्तार आदिमा प्रेरणा दिने पहेंलो रङ्क सूर्यको प्रतीक पनि हो । सवैतिर उदार हुन सिकाउँछ ।

कालो रङ्क पनि हाम्रो लागि आवश्यक छ । यो सम्मानको प्रतीक हो । तर गाढा र धेरै कालो रङ्कले निराशाको सङ्गेत गर्छ । यसर्थ कालो रङ्क आवश्यक परेका वखत कोठाका वोर्डरहरूमा यसलाई प्रयोग गर्न सकिन्छ । वोर्डर, किनारा या यस्तै कार्यका लागि यस्तो रङ्क प्रयोग गर्नु राम्रो हुन्छ ।

सेतो रङ्कले वातावरणलाई शान्त बनाउँछ । शुद्ध र निर्मलताको सङ्गेत दिन्छ । रङ्कले मानव जीवनमा धेरै प्रभाव पारेको हुन्छ । मस्तिष्कलाई प्रेरणा दिने काम पनि रङ्कबाटै हुने गर्छ । कोठा, कपडा वा वरिपरिको रङ्कको स्थितिले व्यक्तिलाई धेरै असर पारेको हुन्छ । कुनै रङ्कले उत्तेजना गराउने, आशा, निराशा एवं तनावमा ल्याउने पनि गर्छ, सधैं प्रयोगमा आउने गाडीका रङ्क, कक्षाकोठाका रङ्कले मानव मस्तिष्कलाई असर गरिराखेको हुन्छ ।

शारीरिक वा मानसिक कार्य क्षमतामा बृद्धि वा रहास गराउने हुन्छ । वढी चम्किला रङ्क क्षणिक आनन्ददायी भए पनि दीर्घकालका लागि राम्रो हुन्न । खानेकुरामा रङ्क मिश्रण भए खतरनाक हुन्छ । वास्तु शास्त्र अनुसार माथि बताइएको मध्येमा आफ्नो रुचि अनुसारका रङ्कको व्यवस्थित तरिकाले प्रयोग गनुृ धेरै राम्रो मानिन्छ ।

 मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!