वास्तुशास्त्र

वास्तुशास्त्र अनुसार कार्यालयहरूका लागि कस्तो रङ्क उपयुक्त होला ?

Madhusudhan Subedi
मधुसूदन सुवेदी

वास्तुशास्त्र अनुसार कार्यालयहरूका लागि कस्तो रङ्क उपयुक्त होला ? एक पटक सोचौ त । हरेक व्यक्तिहरूका आ–आफ्ना राशिहरू हुन्छन् । राशि अनुसारका मालिकहरू पनि फरक–फरक  हुन्छन् र ती मालिकहरूका रङ्क पनि पृथक–पृथक नै हुन्छन् ।

मालिक अनुसारको स्वभाव र रुची पनि फरक–फरक नै हुने गर्दछन् । जस्तै मेष राशि र वृáिक राशिका मालिक मङ्कल ग्रह हो । मङ्कल ग्रहको रङ्क रातो हुन्छ । वृष राशि र तुला राशिको मालिक शुक्र ग्रह हो । शुक्र ग्रहको रङ्क सेतो हुन्छ ।

मिथुन राशि र कन्या राशिको मालिक बुध ग्रह हो । बुधको रङ पहेंलो हुन्छ । कर्कट राशिको मालिक चन्द्रमा हो । चन्द्रमाको रङ सेतो हुन्छ । मिथुन  राशि र कन्या  रात्रिको मालिक बुध ग्रह हो । बुधको  रङ पहेंलो हुन्छ । सिंह राशिको मालिक सूर्य हो । सूर्यको रङ रातो हुन्छ ।

धन राशि  र मिन राशिका मालिक बृहस्पति ग्रह हुन् । बृहस्पतिको रङ पहेंलो हुन्छ । मकर राशि र कुम्भ राशिको मालिक शनिग्रह हुन् । शनिको रङ कालो हुन्छ । राशि अनसार पृथकता अनुसार आ–आफ्ना स्वामी (मालिक) अनुसार मानिसहरूको रुची रङ्क पनि फरक हुने गर्छ ।

व्यापारिक संस्थान(Commercial Enterprises), निगम (Corporation), कम्पनिहरू (Companies) का लागि कार्यालय कोठाहरू (Official Rooms) का रङ्कमा हरियो वढी भएको वेस हुन्छ । यसले उत्पादन र सेवा अत्यधिक मात्रामा वढी वितरण हुन्छ । कम्प्युटर कोठाहरू (Computer Rooms) मा हरियो वा हलुका नीलो रङ्क वेस हुन्छ ।

बैकिङ्क सेवा दिने कार्यालय कोठाहरू (Banking Service Rooms) मा सेतो, नीलो, पहेंलो या यस्तै मिश्रित हुनुपर्छ । निर्माण व्यवसायका कार्यालय कोठाहरू (Business Official Rooms) मा सेतो, हरियो वा कालो मिश्रित हुनु वेस हुन्छ ।

अस्पताल चिकित्सक (Medical Doctor), नर्सिङ सेवा कक्षहरू (Nursing Service Rooms) मा सेतो, हरियो, पहेंलो, नीलो या गुलावी रङ्क मिश्रित हुनु शुभ मानिएको छ । त्यस्तै कानूनी (Legal), वकिल (Lawyer), परामर्श सेवा (Consultancy Service) का लागि कालो, नीलो, पहेंलो, सेतो रङ्क मिश्रित कोठाहरू वेस मानिन्छ ।

ब्युटीपार्लर (Beauty Parlor), श्रृगारका कोठाहरू (Rooms for Decoration) मा रातो, सेतो या विभि; रङ्कका मिश्रण गर्न सकिन्छ । कुनै एजेन्ट (Agent) वा एजेन्सी (Agency) सम्बन्धी कार्यका कोठामा भने कालो या हरियो रङ्क वा मिश्रण गर्न सकिन्छ ।

मधुसूदन सुवेदी केन्द्रिय कानून पुस्तकालय जमलका प्रमुख तथा वरिष्ठ लेखक हुनुहुन्छ । उहाँका ७० भन्दा बढी धार्मिक तथा पुस्तकालय बिज्ञान सम्वन्धी पुस्तकहरु प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

वास्तुशास्त्र अनुसार पसलहरूको रङ्क

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!