स्वास्थ्य

पिडौला फर्कने समस्याको उपचार

डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

आजकाल पिडौला फर्कने समस्या धेरै जसोलाई देखिन थालेको छ । यो समस्या जसले भोगेको हुन्छ उसैलाई थाहा भएको हुन सक्छ यसको पिडा । कहिले राति सुतिरहेको अवस्थामै पिँडुला फर्किन्छ । पिँडुलाको मासु सरेर अगाडि भागतिर आउनुलाई पिँडुला फर्किनु भनिन्छ । यस्तो अवस्थामा निकै सजगताका साथ हातले मिलाएर पिँडुलाको मासु यथास्थानमा फर्काउने गरिन्छ । पिँडुला फर्किएको पीडा केही दिनसम्म रहिरहन्छ । आखिर किन फर्किन्छ पिँडुला ? यसबारेमा जान्न सके यसको उपचार गर्न सहज हुने हाम्रो अनुमान छ ।

यो पनि पढ्नुहोस्  

ग्याष्ट्रिकको कारण, लक्षण र उपचार

स्वाइन फ्लू (Swine Flu) र यसको उपचार

सास गनाउने समस्या र यसको उपचार

मोतियाविन्दु र यसको उपचार

दाँतको रोग र उपचार

महिनाबारी गडवड र यसको प्राकृतिक उपचार

पिडौला फर्कनुको प्रमुख कारण हामीले कमजोर शरीरलाई मानेका छौं भने अर्को कारण शरीरमा पानीको कमिलाई दोषी ठहराएका छौं । केहिको मत शरीरमा पोटासियम कम हुँदा पिंडौला फर्कने समस्या हुन सक्छ भन्ने गरेको पाइन्छ । केरामा अत्यधिक पोटासियम पाइने भएकाले बिहानको नास्तामा दुइवटा केरा एक गिलास दूधसंग खाने गर्नु राम्रो फाइदा हुन थाल्दछ । पातयुक्त तरकारी तथा ड्राई फुड्स लगायत पोटासियमयुक्त खाना खानुपर्छ । डिहाइड्रेसन भएमा पनि पिँडुला बाँउडिने हुन्छ ।

अत्यधिक कमजोरी तथा थकानले पनि पिँडुला बाउँडिने गर्छ । झाडापखाला लाग्दाको कमजोरीमा यो समस्या बढी हुन्छ । लगातारको पखालाले शरीरमा डिहाइड्रेसन भई शरीरमा आवश्यक मात्रामा पोटासियम, खनिज, लवण सञ्चित हुन पाउँदैन र इलेक्ट्रोलाइट असन्तुलित हुन्छ । यो अवस्थामा पानी तथा झोलिलो पदार्थ प्रशस्त पिउनुपर्छ ।

Like & Follow us on Facebook

यस्तो समस्या देखिनासाथ औषधिनै खानुपर्छ भन्ने छैन तर कहिलेकाही लामो समयसम्म यो समस्या देखिएमा डाक्टरको परामर्शमा स्पाइनोफेन (Spinofen) नामको यो औषधि १० मि.ग्रामको पावरमा उपलब्ध छ । यो औषधि खायमा राम्रो फाइदा देखिएको छ । यस्ता औषधि १२ बर्षको उमेर भन्दा कम उमेरका बच्चाहरुलाई भने यो औषधि सेवन नगराउनु भनेको छ ।

मात्रा : १ गोली दैनिक सेवन गराउनु पर्दछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर तथा साइन्स इन्फोटेकका सल्लाहकार हुनुहुन्छ । 

कुमारवर्ती औषधालय

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!