मुख्य समाचार

पोखरामा डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार

मंसिर २३, २०७३ । पोखरामा डा. बाबुराम भट्टराईमाथि जुत्ता प्रहार !  नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई लक्षित गरी बिहीबार पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा भट्टराईबिरुद्ध कालो झण्डा देखाउँदै जुत्ता प्रहार भएको हो ।

जुत्ता प्रहार गर्ने कैलाली नारायणपुरका २९ वर्षीय सञ्जिव भट्टराई एम.ए.का विद्यार्थी हुन् । कार्यक्रममा डा.भट्टराई बोल्दै गर्दा सञ्जीवले जुत्ता प्रहार गरेका थिए । भट्टराई बोलिरहेका बेला पछाडि बसेका सञ्जिवले बाबुराम भट्टराई मुर्दावाद भन्दै कालो झण्डा देखाए ।

मञ्चमा बोलिरहेका बाबुरामले भने आफ्ना कार्यकर्तालाई कालो झण्डा देखाउनेलाई केही नगर्न निर्देशन दिए । उनले प्रहार गरेको जुत्ता मञ्चसम्म भने नपुगेकाले पूर्वप्रधानमन्त्री डा. भट्टराईलाई नलागेको प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै कार्यक्रमा सहभागी विद्यार्थीहरुले उनलाई कुटपिट गरेका थिए । त्यसपछि सञ्जीव भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय बगरको हिरासतमा राखेको छ।

प्रहरीलाई दिएको बयानमा उनले आफूले आक्रोशमा आएर कालोझण्डा देखाएको बताएको छन् ।उनले प्रहरी समक्ष नेताहरुले देश विगारेका कारण वितृष्णा जागेकाले जुत्ता हानेको बताए। उनले जुनसुकै ठूला पार्टीका ठूलो नेता भएको भए पनि प्रहार गर्ने उनको लक्ष्य रहेको प्रहरी समक्ष बयान दिएका छन्।

उनी पोखरा ११ फुलबारीमा मासुको पसल सञ्चालन गर्छन् भने बिहान क्याम्पस पढ्ने गरेका छन्। सञ्जिवलाई अहिले वडा प्रहरी कार्यालय बगरमा राखी अनुसन्धान भइरहेको छ । जुत्ता प्रहारले केहीबेर बिथोलिए पनि स्वागत कार्यक्रम पुन: सञ्चालन भएको थियो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!