मुख्य समाचारसमाचार

रिकाष्टले आज २ बजे पत्रकार सम्मेलन गर्दै

९ वैशाख, काठमाडौँ । भोलीदेखि शुरु हुने राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनको बारेमा आम जनतालाई सूचना प्रदान गर्न रिकाष्टले आज वैशाख ९ गते दिउसो २ बजे रिकाष्टको कार्यालय कीर्तिपुरमा पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ । प्रदेश तीन सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको र त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट)को आयोजनमा उक्त सम्मेलन हुन लागेको हो।

भोलीदेखि शुरु हुने उक्त सम्मेलन वैशाख १० र ११ गते २ दिनसम्म राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा आयोजना हुदैछ । युवा वैज्ञानिकहरूको पहिचानका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको रिकाष्टका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले बताउनु भएको छ । यसको सम्पूर्ण जानकारीको लागि उपस्थिति हुन सम्पूर्ण पत्रकारलाई आमन्त्रण गरिएको छ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!