मुख्य समाचारसमाचार

काठमाडौंमा राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन भोली शुरु हुँदै

९ वैशाख, काठमाडौँ । भोली वैशाख १० देखि राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु हुने भएको छ । आज नागरिक तथा वैज्ञानिकहरुलाई सूचना प्रदान गर्न रिकाष्टको कार्यालय कीर्तिपुरमा पत्रकार सम्मेलन आयोजना गरेर सोको बारेमा जानकारी दिइएको हो । प्रदेश तीन सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको र त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) को आयोजनमा उक्त सम्मेलन हुन लागेको हो।

भोली बिहान ९ बजेदेखि शुरु हुने उक्त सम्मेलन भोली वैशाख १० र पर्सी वैशाख ११ गते २ दिनसम्म राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा आयोजना हुदैछ । उक्त पत्रकार सम्मेलनमा प्रदेश तीन सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, त्रिभुवन विश्वविद्यालयका रजिष्टार डिल्ली उप्रेती, त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका डीन प्रा. डा. राम प्रसाद खतिवडा, विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकाष्ट) का प्रमुख प्रा. डा. रामेश्वर अधिकारी, केन्द्रिय जल तथा मौसम विज्ञान विभागका प्रमुख डा. दिपक अर्याल,रिकाष्टका कर्मचारीहरु, अनुसन्धानकर्ताहरु तथा पत्रकारको उपस्थिति रहेको थियो ।

युवा वैज्ञानिकहरूको पहिचानका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको रिकाष्टका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले बताउनु भएको छ । युवा वैज्ञानिकहरूको पहिचानका लागि उक्त सम्मेलन आयोजना गर्न लागिएको रिकाष्टका प्रमुख प्रा. डा. रामेश्वर अधिकारीले बताउनु भएको छ । युवा वैज्ञानिकहरुको अभिलाषा तथा अनुसन्धान, नव-प्रवर्तन तथा उद्धमशिलताको लागि बिद्यमान सम्भाबनाहरुको यो सम्मेलनले पहिचान गर्ने अपेक्षा गरिएको छ ।

समृद्धिका लागि विज्ञान तथा प्रविधिः नवप्रवर्तन र उद्यमशीलताको लागि युवा सशक्तिकरण’ नारा दिइएको सो सम्मेलनमा देशभरबाट छानिएका ४० वर्ष सम्मका युवा वैज्ञानिकको सहभागिता हुनेछ। वैज्ञानिकहरूबीच नवप्रवर्तन सम्बन्धी निबन्ध लेखन, कलाकारिता, पोस्टर प्रदर्शनी र अनुसन्धान पत्र प्रस्तुतीकरणको प्रतियोगिता हुने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट हुने युवा वैज्ञानिकलाई कदर-पत्र, पदक तथा नगद पुरस्कार दिइने जनाइएको छ।

सम्मेलनमा प्रस्तुत भएका मध्ये दुइटा उत्कृष्ट अनुसन्धान प्रस्तावलाई राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा रिकाष्टमा थप अन्वेषण गर्न तथा उद्योगमा रुपन्तरण गर्नको लागि २ लाख सम्मको कोष पनि खडा गरिएको अधिकारीले बताए। बैज्ञानीक संस्कार र सहकार्यलाई प्रोत्साहित गर्दै विद्यालय तहका विद्यार्थीहरूका साथै विश्वविद्यालय स्तरका युवा शोधकर्ताहरू र विज्ञान, प्रविधि र इनोभेसनका बिभिन्न गतिविधिहरूमा लागि परेका सिर्जनशिल युवालाई देशको समृद्धिको सपनासंग जोड्नु यो सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।

सम्मेलनको कार्यक्रम तालिका निम्न अनुसार छ :

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!