राष्ट्रिय समाचारसमाचार

काठमाडौंको रत्नपार्कमा युरी गागारिनको शालिक राखिने

९ बैशाख, काठमाडौँ । अन्तरिक्षमा पहिला पुग्ने रसियन नागरिक पहिलो अन्तरिक्ष यात्री युरी गागारिनको शालिक काठमाडौंको रत्नपार्कमा राखिने भएको छ । नेपालको राजधानी काठमाडौँको मानिसहरुको अत्याधिक भिड हुने स्थान रत्नपार्कमा युरी गागारिनको शालिक स्थापना गर्न लागिएको हो । शालिक राख्ने स्थानको छनोट र समन्वय भने काठमाडौं महानगरपालिकाले गरेको छ ।

सोमबार रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिईएको थियो । बुधबार बाठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र दुई पटक अन्तरिक्षमा सफलतापूर्व पुग्न सफल रसियन ‘हिरो’ भिक्टर पेत्रोभिचले गर्नेछन् । केही दिन अघि मात्रै नेपालले समेत आफ्नो सानो आकारको यान अन्तरिक्षमा पठाएको सन्दर्भमा युरी गागारिनको शालिक काठमाडौंको व्यस्त स्थानमा राखिनुले नेपालमा पनि अन्तरिक्ष प्रविधिको विकास हुने रसियन सरकारको विश्वास छ ।

Like & Follow us on Facebook

पत्रकार सम्मेलनमा बोल्दै कल्चर सेन्टरकी डाईरेक्टर युलिया आन्द्रोसोभाले अन्तरिक्ष प्रविधिको विकासका लागि रसियन सरकारले नेपाल सरकारसँग नजिकको सम्बन्ध राखेर सहयोग गर्न चाहेको बताएकी थिईन् । नेपालमा विज्ञान र प्रविधिको क्षेत्रमा विकास गर्न थप सहयोग र युवा पिढीमा सन्देश होस भनेर आफुहरुले युरी गागारिनको शालिक उपहार स्वरुप नेपाललाई दिएको उनले बताईन । गागारिनले सन् १०६१ मा अन्तरिक्षमा पाईला टेकेका थिए । उनी जन्मिएको ८५ वर्ष भएको अवसरमा काठमाडौंमा गागारिनको शालिक स्थापना गर्न लागिएको हो ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!