राष्ट्रिय समाचारसमाचार

अन्तरिक्षबाट मैले सगरमाथा देखें

९ बैशाख, काठमाडौँ । दुई पटक अन्तरिक्षमा सफलतापूर्व पुग्न सफल रसियन ‘हिरो’ अन्तरिक्ष यात्री भिक्टर पेत्रोभिचले अन्तरिक्षबाट सगरमाथा देखेंको कुरा बताएका छन् । सोमबार ९ बैशाख गते रसियन कल्चर सेन्टर कमलपोखरीमा आयोजित पत्रकार सम्मेलनमा उनले यो कुराको जानकारी गराएका हुन् । भिक्टरले आफु अन्तरिक्षमा पुग्दा नेपालको सगरमाथा देखेको अनुभव सुनाए ।

अन्तरिक्ष यात्री भिक्टर पेत्रोभिच

भिक्टर पेत्रोभिच रुसी अन्तरिक्ष यान स्यालुट-६ र स्यालुट-७ मा सफलतापूर्वक अन्तरिक्षमा पुगेका रुसी नागरिक भिक्टर भेत्रोभिच अहिले नेपालमा छन् । युरी गागारिनको शालिक अनावरणकै लागि उनी नेपालमा आएका हुन् । भिक्टर रसियन सरकारकै उच्च सम्मान मानिने ‘हिरो अफ सोभियत युनियन’ हुन सफल व्यक्ति हुन् ।

Like & Follow us on Facebook

उनले आफ्नो पहिलो अन्तरिक्ष यात्रा भन्दा दोश्रो यात्रा निक्कै कठिन भएको र पृथ्वीसँगको सम्बन्ध टुटेर हराएको बताए । १ महिना लामो अथक प्रयासपछि स्यालुट-७ को सम्बन्ध पुनस्थापित भएर आफुहरु पृथ्वीमा फर्किएको उनले अनुभव सुनाएका छन् । सन १९४० मा जन्मिएका भिक्टरले २ सय ५२ दिन १७ घण्टा अन्तरिक्षमा विताएका छन् ।

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!