टिप्स

यी ३ कुरा भएका पुरुषहरु सधै दु:खी र अभागी

लालच, स्वार्थ, भय संसारको दुःखको कारण हो । हरेक क्रियाकलापको परिणाम राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ । आजको प्रयत्न भोलिको भाग्य हो । भनिन्छ भाग्यमानीकि भूतै कमारो । भाग्यमानी र अभागीको चर्चा जीवनमा सबैले गर्छन् । भाग्यमानी अर्थात सुख-समृद्धि र श्रेष्ठ जीवन । अभागी अर्थात दुःख र चिन्ताले भरिएको जीवन । कुनै पनि ब्यक्तिको भाग्यले साथ दिइरहेको छ कि छैन भन्ने कुरा उसको परिस्थिति हेरेर भन्न सकिन्छ । शास्त्रमा यी तीन कुरा भएका ब्यक्तिलाई सधै दु:खी र अभागी भनिएको छ ।

१. चाणक्य नीति भन्छः

वृद्धकाले मृता भार्या बन्धुहस्ते गतं धनम् ।
भोजनं च पराधीनं त्रय: पुंसां विडम्बना:।।

यसको अर्थ हो कुनै पनि पुरुषकी पत्नीको मृत्यु भयो वा अर्कैसँग गइ भनेे यो दुर्भाग्यको कुरा हो । यदि यौवनावस्थामा नै जीवन साथीको साथ छुट्छ भने यस्ता पुरुषले त पुनः विवाह गर्न सक्लान तर अलिक उमेर गएपछि यस्तो हुनु सबैभन्दा दुखःद हुन्छ । लोग्ने मानिसको जीवनमा वृद्धावस्थामा पत्निको साथ सबैभन्दा बढि महत्वपूर्ण मानिएको छ । बुढेसकालमा एक्लो हुनु निराशा र दिक्दारीको कारण बन्छ । यसैले यस्ता पुरुषलाई अभागी भनिएको छ ।

२. शत्रुको हातमा परेको धन

चाणक्य भन्छन् कुनै पनि पुरुषको धनमाल शत्रु वा खराव भाइको हातमा परेको छ भने त्यस्तो ब्यक्ति अभागी हो । आफूले कमाएको धन अरुको हातमा पर्नु दुर्भाग्यको कुरा हो । आफूले कमाएको धन अरुको हातमा पर्नु आफैमा दुःखद त हो नै त्यो धन आफै विरुद्ध समेत प्रयोग हुन सक्छ ।

३. अरुको घरमा गुलाम

कुनै पनि पुरुषको लागि अरुको घरमा बस्न पर्नु वा अझ गुलामी गर्न पर्नु सबैभन्दा दुखको कुरा हो । यस्ता पुरुषलाई पनि चाणक्यले अभागी भनेका छन् । यस्ता ब्यक्तिलाई कुनै पनि काम गर्दा अर्कैको आदेश पर्खिनु पर्छ । गुलाम बनेर वा अर्काको घरमा बस्ने पुरुषको स्वतन्त्रता भन्ने चिज नै हुँदैन । यस्तो ब्यक्ति तनमनले दुःखी हुने भएका कारण पक्का अभागी भएको चाणक्यको भनाइ छ । अतः कुनै पनि पुरुषले आफूलाई यी तीन अवस्थाबाट जोगाउने प्रयास गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

हामीले जस्तो रोप्छौ त्यस्तै फल पाउछौं

के लोभ मृत्युको कारण बन्न सक्छ ?

देखेको पाइदैन लेखेको पाइन्छ

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!