स्वास्थ्य

डण्डीफोरको प्रकार र उपचार

अनुहारमा आउने समस्यामध्ये डण्डीफोर सबैभन्दा ठूलो समस्या हो । आजको आम समस्या डण्डीफोरले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । डण्डीफोर निको भएपनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ ।

तर के तपाईलाई थाहा छ डण्डीफोर पनि विभिन्न किसिमका हुन्छन् र यसको उपचार विधि फरक फरक विधिबाट गर्नुपर्ने हुन्छ । डण्डीफोर समग्रमा चार किसिमका हुन्छन् । कतिपय सजिलै ठीक हुन्छन् भने कतिपय एकदमै लामो समयसम्म देखिन्छन् । यदि तपाई डण्डीफोरबाट छुटकारा पाउन चाहनुहुन्छ भने सबैभन्दा पहिले ती डण्डीफोरलाई पहिचान गर्नुहोस् र तीनको उपचार गर्नुहोस् ।

१. सामान्य डण्डीफोर र उपचार

यस्ता डण्डीफोर सेतो छालामा थोरै गुलाबी वा रातो रंगमा तेल वा पानीले भरिएको हुन्छ । यो डण्डीफोर हाम्रो छालामा हुने सूक्ष्म छिद्रहरु भित्रबाट बन्द भएको कारण उत्पन्न हुन्छन् । ब्याक्टेरिया बढेको कारण यो हलुका फुल्छ र यसमा सेतो तरल पदार्थ पस भरिन्छ । यस्ता डण्डीफोर चाँडै नै हटेर जान्छन् । बेंजोयल पेरोक्साइड र सैलिसिलिक एसिड भएका वस्तुहरु प्रयोग गर्नुभयो भने यसबाट राहत पाउन सक्नुहुन्छ ।

२. गाँठोवाला डण्डीफोर र उपचार

गाँठो भएको डण्डीफोर सबैभन्दा खतरनाक र पीडादायी हुन्छ । यो रातो र सेतो रक्त कोशिका र ब्याक्टेरियाले भरिएको हुन्छ । यस्ता पिम्पल्सलाई ठिक हुन कहिले काँही महिनौं पनि लाग्छ । यसबाट छुटकारा पाउनका लागि छाला विशेषज्ञबाट उपचार गराउन आवश्यक छ ।

३. ब्लैकहेड्स डण्डीफोर र उपचार

यस्ता डण्डीफोर तब आउँछ जब सिबम वा मृत छाला कोशिकाका कारण तपाईको छालाका सूक्ष्म छिद्रा बन्द हुन्छन् । ब्लैकहेड्स वाला पिम्पल्स हावाको सम्पर्कमा आएर अक्सिडाइज भएर कालो हुन्छ । यसको उपचार साधारण सौन्दर्य सामग्रीले गर्नसक्दैन् । यसलाई हटाउनका लागि सैलिसिलिक एसिड काम लाग्छ ।

४. ठूला डण्डीफोर र उपचार

रातो रंगको यो डण्डीफोर बीचमा सेतो वा पहेँलो हुन्छ । जब छिद्राभित्र एकदमै गहिराईमा तेल र बैक्टेरिया पुग्छ तब सेतो रक्त कोशिका यी इन्फेक्शनसँग लड्ने प्रयास गर्छ । यसलाई निकै ध्यान दिन आवश्यक छ र छाला विज्ञसँग सल्लाह लिँदा उपयुक्त हुन्छ । (एजेन्सीको सहयोगमा)

यो पनि पढ्नुहोस्  

जण्डिस र यसको उपचार

खोकी र यसको घरेलु उपचार

सेतो दुवी र घरेलु उपचार

साइन्स इन्फोटेक

साइन्स इन्फोटेक अनलाईन पत्रिका हो ।

Leave a Reply

error: Content is protected !!